logo
  • आइतबार, असोज ११ २०८३

काठमाडौंबाट अर्घाखाँची गइरहेको बस त्रिशुलीमा खस्यो, ६ को मृत्यु,


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

साझा नेटवर्क , मंसिर १३ काठमाडौं ।
काठमाडौंबाट अर्घाखाँचीतर्फ गइरहेको यात्रुवाहक बस चितवनको फिस्लिङमा दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ ।

लु २ ख २९१ नम्बरकाे बस ट्रकसँग ठोक्किएर बिहान ९:१५ बजे त्रिशूलीमा नदीमा खसेको हो ।  मृतक कसैको पनि सनाखत हुन सकेको छैन । पूर्णरुपमा त्रिशूलीमा डुबेको बसबाट हालसम्म १५ जना घाइतेको उद्धार गरिएको छ । बस भित्र कति यात्रु थिए भन्ने खुल्न सकेको छैन।

बसमा ४० भन्दा बढी यात्रु रहेको अांशका गरिएको छ। दुर्घटनास्थलमा खटिएका नेपाल प्रहरीका डीएसपी शिव शर्मा आचार्यले ६ जनाको हालसम्म शव फेला परेको जानकारी दिए । उनका अनुसार, अहिले घाइतेको उद्धार कार्य भइरहेको छ ।

‘दुर्घटनामा ६ जनाको ज्यान गएको छ भने १५ जनाको जिवितै उद्धार गरेका छौं,’ डीएसपी आचार्यले  साझा नेटवर्कलाई  भने, ‘बस पूर्णरुपमा डुबेको हुँदा  उद्धारमा समस्या भएको छ ।’दुर्घटनालगत्तै नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय उद्धारमा जुटेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend