logo
  • शनिबार, भाद्र २० २०८३

प्रदेशीएका नेपालीले आफ्नो घर परिवार र देशलाई के के दिए ?


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

-चोम बिष्ट, कतार ।
नेपाली युवा शक्तिको लहर हरेक रातपछिको बिहानीमा रोजगारको सिलसिलामा आफु जन्मेको देश मातृभुमीको मायालाइ मुटुमा गाठो पारी आफु जन्मेर हुर्केको ठाउँ ति डाडा माथिका जुनजस्तै आमा बुवा फुल जस्तै लालाबाला लाखौं जनमसम्म संगै बसौला रमाउला भन्दै आफ्नो प्रियसी श्रीमती सँग बिहे हुनुपुर्व खाएका ति अधेरी रातका बाचा कसमलाइ तोड्दै परदेश पस्नु रहर नभएर बाध्यता बनेको छ ।
ति भिर पाखा-पखेरीमा उकाली ओराली गरेको बासुरीको धुन जङ्गलको यात्रामा कति मिठास कोइलीको आवाज अनि खोला नाला, न्याउली चरिको आवाज त्यो गर्मी मौसमको समयमा खोलामा पौडी खेलेर रमाइलो गरेका पलको याद यि सबैलाई भुल्नै पर्ने बाध्यता रहेछ ।

जिवनको एक समयमा गाउँ घर शहरमै बसेर आफ्नो बाल्यकाल समय बिताइरहेको अवस्था पार गरेपछी सम्झ्नु पर्दो रहेछ । समय परिवर्तन छ अब म पनि परिवर्तित हुनुपर्छ भन्ने लागे पनि आखिर परिवर्तन गराउनको निम्ति समय नभई पैसा नै रहेछ। जब हामी परिवर्तन हुनुपर्छ ब्यक्तिगतबाट केहि माथी उकास्नु पर्छ भन्ने सोच्द्छौ।

तब हामी रोजगारको लागी भौतारिन्छौ जति भौतारी पनि आखिर आफ्नो देशमा थुप्रै रोजगार व्यवसायको सम्भावना भएपनी राज्यको कुनै उचित व्यवस्थापन नहुदा र हामी नेपालीले नेपालमै केहि गर्नुपर्छ भन्ने कुनै निकायको ध्यानाकर्षण नहुदा पढाईको सिलसिलामा दुइचार कक्षा पढेपनि मुग्लान धेरै पढेपनि मुग्लान जानैपर्छ त्यो भन्दा के पढ्नु जस्ता अज्ञानता अझै पनि मानसिकतामा रहेको छ ।

जहाँ धुर्व सत्य कुरा हो राम्रो शिक्षा दीक्षा लिएका दक्ष अनुभवी ब्याक्तीहरु पनी मुग्लान जाने गर्दछ्न फरक यति हो राम्रो पढाइ लेखाइ भएकाको काम राम्रो होला तर देशमा व्यवस्था नहुदा आखिर हामी पुग्दछौ त्यो बाटो। जुन बाटोमा हामीले धेरै लाइ रोजगार दिएका हुन्छौ राजधानीमा रहेका होटेल मालिक, म्यान पावरमा रहेका कर्मचारी एजेन्ड दलाल जो एकैपटक एकैजनाबाट एक महिनाको तलब बराबरको बुझ्दछ्न।

त्यस्तै श्रम बिभागमा रहेका कर्मचारी जहा घुसपेच चल्द्छ त्यसै सेरोफेरोमा रहेका व्यवसायी आवस्यक काज मिलाउछौ भनी अनावश्यक रकम असुल त्यसमा पनि राम्रो रोजगार मिलेको छ । त्यती मात्र नभई विदेश पुगेर प्रदेशिले कमाएको पैसा रेमिटेन्सबाट देशको अर्थतन्त्रमा ठुलो टेवा पुगेको छ । साथै परदेशबाट स्वदेश फर्किदा एयरपोर्टबाट बाहिर निस्केपछि ट्याक्सी ड्राइभरलाई रोजगारको लागि ठुलो सहयोग दिएको हुन्छ ।

तर हामीले आखिर पाउने भनेको देशका नेताहरूबाट ठुला-ठुला भाषण बाहेक अर्को के नै छ र हामीले आखिर कुनै प्रवासमा मात्रै नभई देशको आपतकालीन घडीमा हामी बिदेशीएका प्रदेशीले नै आवश्यक सक्दो सहयोग पनि गरिरहेका हुन्छौ । तसर्थ हामी खाडी पुगेपछी खाडीको चर्को घाम चिसो हावापानी हावाहुरी बतास संगै बालुवाको धुलो मैलो संग लड्दै चिसो जाडो नभनीकन कर्म गरिरहेका हुन्छौं।

हर रात हर दिनमा देशलाइ कहिले बिकास उन्मुख हुन्छ भनेर लाखौं प्रवासी हामीले प्रथाना गरिरहेका हुन्छौ। सबैको फरक फरक सपनाहरू भएतापनी आखिर कहिलेसम्म हामीले अर्काको देशमा यसरी भौतारिदै प्रदेशिको पिडा कहिले सम्म दुखेको घाउलाइ लुकाइ हामी सबै सामु देखावटी रूपमा खुशी जीवन रहेको सामना संगै वर्षौं बिताउने हामी एक दिन त पक्कै देशमा नंया परिवर्तन आउनेछ ।

नयाँ युवा पुस्ताले देशमै रोजगार पाउछन् भन्ने आशा बोकेको पनि वर्षौं वर्ष बितिसक्दा पनि अझै आशा भने मरेको छैन तर ति सपनाहरू पुरा कहिले हुन्छन् खै यस्तै प्रश्नहरु उब्जिरहेको हुन्छ । नयाँ युवा पुस्ता भने प्रदेशीने संख्या दिन प्रतिदिन बढिरहेको छ ।
जस्तोसुकै परिस्थितिलाइ पनि सहजै सामाना गर्न सक्ने प्रदेशीले आफ्नो भबिस्यको सुनौलो सपना बोकेर बाहिरीएको हुन्छ तर ति सपनाहरू कसैको पनि पुर्ती हुदैन।

कसै कसैको हुन्छ सयमा एकको तर कतिपयको सपना सोच्दा सोच्दै रातपछी बिहानिमा सपनामै सिमित भइ जीवनलीला पनि त्यही मुग्लानमै अन्त्य भएकोछ हुन्छ। प्रदेशीले दुख कष्टकर झेलेर आफ्नो समय पुरा गरि स्वदेश फर्किन्छ तर स्वदेशीले घरपरिवार देखी धेरै टाढा गएर आएको कति दुख भयो होला दुख सुखको कुरा गर्नुको साटो छुट्टै नाम पहिचान दिएर बोलाउने प्रचलन रहि आएको छ।

त्यो हो बिदेशी लाहुरे जुनकि रोजगारको लागी मुग्लान पुगेका हुन्छौ तर यो प्रदेशीको पिडा कसले बुझिदिन्छ नत यहा राज्यले नत व्यवसायी गाउँ सामज कसैले मनन गरेको हुदैन मात्रै लाहुरेको प्रसंसा भने निकै चर्चा चलेको हुन्छ । प्रदेशीले धेरै दुख संघर्षको साथमा स्वदेशमै केहि गर्नुपर्छ प्रदेशमा सिकेको सिप मुलक कामलाई आफनै गाउँमा लगानी गर्नुपर्छ भन्ने सोचाइ संगै फर्केका हुन्छौं ।

तर आखिर स्वदेशमा भने ठिक बिपरित परिस्थितिको सिर्जना भैदिन्छ जहा देशको राजनीतिक अस्थिरता चलखेल,देशको भष्टचार महँगि,रोजगार पाउन सोर्स फर्स,गुसपेच यावत समस्याले गर्दा फेरि बेरोजगारको घेरामा पर्दछ ।

तसर्थ फेरि बाध्य भइ रोजगारको लागी मुग्लानको बाटो रोज्नै पर्दछ जहाँ प्रदेशीको जीवन चक्रनै प्रदेश संग जोडिएको छ। आखिर प्रदेशी दाजुभाइ तथा दिदिबहिनीहरुको यो अवस्थाको कहिले अन्त्य होलला र हाम्रै देशमा केही गरौंला भनी हामी प्रदेशिले प्रतीक्षा गरिरहेका हुन्छौ।


यो सामाग्री तपाईलाई कस्तो लाग्यो आफ्नो प्रतिक्रिया दिन नभुल्नुहोला ।


[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend