साझा नेटवर्क
कुमार अविरल पन्थी, कतार ।
सम्पूर्ण प्यूठानीहरुको एकता आजको आवस्यकता भन्ने मूल नाराका साथ् कतारमा सामाजिक कार्य गर्दै आएको प्युठान सेवा समाज कतारले पाँचौ साधारणसभा आयोजना गर्ने भएको छ । समाजले आगामी डिसेम्बर १ तारिखका उक्त साधारणसभा आयोजना गर्न लागेको हो ।
गत शुक्रबार बसेको समाजको चौथो कार्यकालको अन्तिम बैठकका अवसरमा साधारणसभाका लागि सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको बताइएको छ । समाजले रोजगारीको सिलसिलामा कतारमा छरिएर रहनुभएका सम्पूर्ण प्युठान वासी दाजुभाइ तथा दिदीबहिनीहरुलाई उक्त साधारणसभामा उपस्थितिका लागि सबैमा अनुरोध समेत गरिएको छ ।
कतारमा स्थापित सम्पूर्ण वैचारिक तथा सामाजिक संघ-सँस्थाका प्रमुखहरु, समाजसेवी, व्यवसायी, वुद्धिजीवि, पत्रकार, मिडियाकर्मी लगायतका व्यक्तित्वहरुलाई औपचारिक पत्र पठाइसकिएको र कुनै कारणबस पत्र पुग्न ढिलो भएको भए यसै समाचारलाई आधिकारिक निमन्त्रणाको रुपमा स्वीकार गरि साधारण सभामा उपस्थितको लागि समाजले अनुरोध गरेको छ ।
साधारणसभा आगामी डिसेम्बर १ तारिखका दिन कतारको सलवारोड स्थित ग्रिन रेस्टुरेन्टको सभा हलमा दिनको ठिक १२ बजेदेखि सुरु हुने समाजका वरिष्ठ उपाध्यक्ष बलदेव रानाले साझा नेटवर्कलाई जानकारी दिएका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend