logo
  • शुक्रबार, असोज ९ २०८३

गोकर्ण बिष्टलाई जीताउन बद्री पंगेनीले गाए ‘जनताको छोरो जनताको घरदैलो’


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

गुल्मी मंसिर ११ । नेकपा एमाले केन्द्रिय सचिव एबं गुल्मी क्षेत्र नं. २ का तिनिधी सभा उम्मेदवार गोकर्ण बिष्टलाई गायक बद्रि पंगेनीले भोट माग्दै भने जनताको छोरो गोकर्ण बिष्ट जनताको घरेदैलो । मंसिर २१ हुँने निर्वाचनको लागी चुनावी अभियानमा रहेको उम्मेदवार गोकर्ण बिष्टलाई जिताउ गायक बद्रीले सांगीतिक कोसेली मार्फत गुल्मी २ मा बिकास प्रेमी गोकर्ण बिष्ट चाहिने उद्घोष गरेका छन् ।
समाजमा भएका सबैखाले बिकास गर्न र देसको समृद्धि बिकास गर्न जनताको छोरो गोकर्ण बिष्ट नै चाहिने उनको गीतमा उल्लेख छ । जनताले भाषण गर्ने अरु धेरै पाइन्छन् तर बिकास गर्न गोकर्ण बिष्ट नै चाहिने गायक बद्रीले गायको गीतमा उल्लेख छ । गुल्मीको बिकास गर्न गोकर्ण नै चाहिने उनको गीतमा उल्लेख छ । देशमा लोडसेडिङ्ग अत्य गर्ने र देशलाई आत्मा निर्भर बनाउन गोकर्ण नै चाहिने गायक पंगेनीको गीतमा उल्लेछ ।

देशमा कृषि,सड्क,पर्यटन, लगायत सबै बिकास गर्न गोकर्ण बिष्ट नै चाहिने गीतमा उल्लेख छ । देश र राष्ट्रका नेता गोकर्ण जीताउन सबैलाई गीत मार्फत आग्रह समेत गरिएको छ । देशमा अब बामपन्थी आउने र कालो बादल फाटेर घाम लाउने उनको गीतमा उल्लेख गरिएको छ । गायक बद्री पंगेनी र मञ्जु गुरुङ्गको स्वर रहेको गीतमा गायक पंगेनीकै शब्द रहेको छ ।
बरदान डिजिटल प्रालिले बजारमा ल्याएको गीतको परिकल्पना मदन खनालले गरेका हुन् । करिब ७ मिनेट लामो गीतमा उम्मेदर बिष्टले यस अघि गरेका कामहरुसँगै आगामी दिनमा गर्ने कामहरु समेत समाबेश गरेर उनलाई जिताउनु पर्ने कारणहरु समेत गीतमा समाबेश गरिएको छ ।

गीतको पुरा भिडियो हेर्नुहोस ।।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend