साझा नेटवर्क
तिलु शर्मा पौडेल, कतार ।
देशमा आएको आमुल परिबर्तन संगै बिभिन्न जातजाति, क्षेत्र वर्गका सङ्घ सङ्गठन स्थापित हुन थालेका छन् । त्यसको लहर देश देखि बिदेस सम्म फैलिएको छ । फलस्वरूप नेपालका बिभिन्न भागबाट कतार आइ भिन्न भिन्न पेशा र व्यवसायमा संलग्न रहने क्रममा विभिन्न स्थानमा छरिएर रहनु भएका गिरि, पुरी, भारती, वन, पर्बत, सागर, सरस्वती, आरन्य, तिर्थ र आश्रम गरि दस थरका समुदायले आफनो साझा सस्थाको रुपमा “दशनामी एकता,आजको अपरिहार्यता” भन्ने मुल नारालाइ अँङ्गिकार गर्दै “नेपाल दशनामी समाज शाखा कतार”को स्थापना गर्दै पहिलो साधारणसभा सम्पन्न गरेको छ ।
गत सुक्रबार कतारको दोहा शहरदेखि केहि किलोमिटर दुरीमा अवस्थित औधोगिक क्षेत्रको स्ट्रिट २७ स्थित रोटाना रेस्टुरेन्टको सभाहलमा सम्पन्न उक्त साधारणसभाबाट २५ सदस्यीय कार्य समिति चयन गरिएको छ । कार्यक्रम तदर्थ समिति सयोजक थम गिरीको सभापतित्व तथा दशनामी समाज नेपालका पुर्ब केन्द्रीय अध्यक्ष एवं बर्तमान प्रमुख सल्लाहकार रबिन्द्र गिरीको प्रमुख आतिथ्यतामा समपन्न उक्त कार्यक्रममा दशनामी समाज नेपालका केन्द्रीय सदस्य एवं युवा इन्चार्ज खगेन्द्र गिरी लगायत दोहा कतारका बिभिन्न ओहदा तथा भातृसंगठनका ब्यक्तिहरु बिसेष अतिथि रहनु भएको थियो ।
ब्यानर अनाबरण तथा दिप प्रज्वलन संगै गति लिएको कार्यक्रमम माया गिरीको स्वागत मन्तब्य तथा अजय गिरीको स्वागत गित संगै अघि बढेको थियो । सस्थाको पृष्ठभुमीको बारेमा रामजी गिरीले स्पस्ट पारेका थिए । ४ नम्बर प्रदेशको तर्फबाट स्याङ्जा सहयोग समाजका अध्यक्ष धनन्जय लम्सालले र ५ नम्बर प्रदेशका तर्फबाट अर्घाखाँची सेवा समाजका अध्यक्ष ठाकुर परियारले सुभकामना मन्तब्य राख्नु भएको थियो ।
उक्त कार्यक्रममा गायक राजन कटुवाल,दिपेस पुन तथा दाङ देउखुरी सेवा समाज कतारका सास्कृतिक बिभाग कलाकार सुदिप पुन, रितु तामाङ , राजन चापागाईं लगायतले आफनो साँगितिक प्रस्तुति प्रस्तुत गर्नु भएको थियो । बैचारिक सस्थाको तर्फबाट नया शक्ति नेपाल कतारका तानबिर आलाम ,संघीय समाजबादी फोरम कतारका शेर धन राई ,जनसम्पर्क समितिको तर्फबाट महामन्त्री मोहमद अजिज अलि नेपाली प्रबासी मन्च कतारको तर्फबाट अध्यक्ष चानक पोखरेल, जातिय सस्थाको तर्फबाट खस क्षेत्री समाज कतारका अध्यक्ष खेगेन्द्र कार्कीले मन्तब्य राख्नु भएको थियो ।
सुभकामना मन्तब्यकै क्रममा समाजसेबि तथा सामाजिक व्यक्तित्व के बि हमाल,करिम बकस मिया ,हंसराज ढकाल, सागर नेपाल,टीबी कार्की,रामहरि गैरे, समीर के सि एनआरएन ए आइ सि सि सदस्य बिमल सुवेदी लगायतले बोल्नु भएको थियो । बक्ताहरुले साधारणसभा सफलताको कामना संगै भबिस्यमा सहकार्य गर्ने बचन बद्धता जाहेर गर्नु भएको थियो ।
शुभकामना मन्तब्यको लागि मन्चमा बोलाइएका मध्य धेरैले सुभकामनाका शब्दले सम्बोधन गर्दै सहकार्यका बाचा गरे तर बैचारिक सस्थाका प्रतिनिधीले प्रोटोकल समेत नमिलेको भन्दै राजनीतिक कटाक्ष समेत गर्न भ्याएका थिए । राजनीतिक आरोप प्रत्यारोपमा उत्रेका केहि प्रतिनिधिले आ-आफ्नै तबरले रोष प्रकट गर्दै गर्दा माहोल राजनीतिमय भएको थियो भने धेरैले त्यसलाई असहज र अब्यबहारिक रुपमा लिएको प्रस्ट रुपमा बुझ्न सकिन्थ्यो ।
दसनामी सस्थामा आबद्द पर्तिनिधी संग संसकित हुदै आरोप प्रत्यारोप गरिएको बिषयमा आयोजकका तर्फबाट तथा कार्यक्रम सयोजक र नेपालबाट पाल्नु भएका पाहुनाहरुले दिनु भएको जवाफ भने उहाहरुले सुन्न मन गर्नु भएन । समय अभावको कारण देखाउदै खण्डन र सस्थाको बारेमा यथार्थ नसुनी उहाहरु हलबाट बाहिरिनु भएको थियो ।
नेपालबाट आमन्त्रित बिसेस अतिथि खगेन्द्र गिरीले समसामयिक बिषयमा उठेका प्रश्नहरुको जवाफ दिदै दशनामी समाज नेपालको स्थापना तथा आवस्यकता आफनो पहिचानको संघर्स संगै सामाजिक कार्यको लागि दशनामी समाजको स्थापना गरिएको जानकारी गराउदै कसैले पनि राजनीतिक रुप नदिन आग्रह गर्नु भयो ।
सभाका प्रमुख अतिथि नेपाल दशनामी समाजका प्रमुख सल्लाहकार रबिन्द्र प्रसाद गिरीले आफु अध्यक्ष हुदा गरेका कार्य, नेपालको संबिधानले पनि आफ्नो समुदायलाई अन्य जातिमा राखेर अपव्याख्या गरेको हुदा त्यसलाई चिर्दै हामिहरु पनि नेपालका सनातन सन्तान नेपालि भएको प्रकास पार्दै आफनो सँसकार चाल चलनको बारेमा स्पस्ट पार्नु भयो ।
तदर्थ समिति सदस्य तथा बिधान सयोजक पदम गिरीले सहजीकरण गरेको उक्त कार्यक्रमका सभापति थम गिरीले दशनामी समाज बिशुद्द समाजसेवा र जातीय पहिचानको लागि कतारमा खुल्न लागेको संस्था हो यो बैचारिक सस्थाको भातृसंगठन होइन र हुने छैन भन्दै दशनामी समाज संग नडराउन आग्रह गर्दै खुल्ला सत्रको समापन गर्नु भएको थियो ।
यस साधारणसभालाई भब्य,सभ्य तथा बिधान सम्मत पूर्ण गर्नको लागि तदर्थ समितिले निर्बाचन समिति बनाएको थियो । जसका सयोजक बिमल सुवेदी हुनुहुन्थ्यो भने सदस्यहरु वसन्त राज पुरी, इस्वर काफ्ले, हंसराज ढकाल रहनुभएको थियो । तर म्याग्दी जिल्ला निबासी थम कुमार गिरीको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति सर्बसम्मत रुपमा चयन भए पछि निर्बाचन मण्डललाइ अझै सहज भएको थियो ।
जसमा बरिस्ठ उपाध्यक्ष पदम गिरी(तनहु), उपाध्यक्ष रमेश भारती (तेर्हथुम), महिला उपाध्यक्ष माया गिरी (दाङ), महासचिव अजय गिरी (तनहु), जनसम्पर्क सचिब प्रकास गिरी, (तनहु) सचिबालय सचिब डिला गिरी, (रुपन्देही) कोषाध्यक्ष भिमलाल पुरी (नवलपरासी) रहनुभएको छ ।
सदस्यहरुमा रबिना भारती ,पुर्निका गिरी, बिष्णु गिरी ,ज्ञानराज पुरी, भोजराज गिरी, कृष्ण गिरी, अमृत राज पुरी, नबराज गिरी, नारायण भारती लगायत रहनुभएको छ । विधान बमोजिम प्रदेश सद्स्यहरुमा- प्रदेश १-अरुण गिरी, ३ मा मोहन गिरी, ४- महेन्द्र गिरी, ५- वसन्त गिरी रहनुभएको छ । सस्थाको प्रमुख सल्लाहकारमा बसन्तराज पुरी तथा सरक्षकमा रामजी गिरि रहनु भएको छ ।
प्रदेश २,६ र ७ आगामी दिनमा बस्ने पूर्ण कार्यसमितिले निर्णय गरि पूर्णता दीइने जनाइएको छ । बिगत केही महिना यता दशनामी सेवा समाज दोहा कतार नामाकरण गरि तदर्थ समिति गठन गरी साधारण सभा सम्पन्न गरे पनि पहिलो साधारण सभाको बन्दसत्र संगै सस्थाको नाम “नेपाल दशनामी समाज शाखा कतार” राखिएको सस्थाका नब निर्बाचित बरिस्ठ उपाध्यक्ष तथा बिधान सयोजक पदम गिरीले जानकारी दिए ।
कार्यक्रममा कलाकार तथा आर्थिक सहयोगीलाइ सम्मान गरिएको थियो साथै नब निर्बाचित समितीलाई दशनामीको ब्याज र प्रमाण पत्र प्रदान गर्दै प्रमुख अतिथिले सपथ खुवाउनु भएको थियो उक्त सत्रलाई बिमल सुबेदीले सहजीकरण गर्नु भएको थियो ।



© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend