साझा नेटवर्क
बिमल खड्का, बागलुङ मङ्सिर १०।
प्रदेश र प्रतिनिधि सभाका लागि भएकाे चुनावमा भीमगिठे केन्द्रमा ५८.८४ प्रतिशत मत खसेकाे छ । जम्मा २० हजार ५३ मतदाता संख्यामा ६ सय ६७ जना महिला र ५ सय ४१ जना पुरुष गरि १२ सय ८ जनाले मतदान गरेका निर्वाचन अधिकृत ईन्द्र बहादुर थापाले जनाकारी दिनुभएको छ ।
दुई अाेटा केन्द्र भएकाे भिमगिठेमा पुरुष भन्दा महिलाले बढि मतदान गरेका छन । मतदान शान्तिपूर्ण तरिकाले सम्पन्न भएकाे निर्वाचन कार्यलयले जनाएकाे छ ।
बडिगाडकै वडा न ६ काे बुद्ध मावि खालमा ६४ प्रतिशत मत खसेकाे छ ।
जस्मा पुरुष ३ सय २८ र महिला ३९६ गरि ७ सय २४ मत खसेकाे निर्वाचन अधिकृत हरिनारायण रेग्मीले जानकारी दिनुभयो । जम्मा मतदाता संख्या ११ सय ३१ भए पनि सबै मतदाता मतदान गर्ने नअाएकाे बताएको छ । निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न भएकाे निर्वाचन कार्यालयले जनाएकाे छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend