logo
  • सोमबार, असोज १२ २०८३

बागलुङको बडिगाड गाउँपालिकामा ६०.४९ प्रतिशत मत खस्यो


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

कमल पौडेल, बागलुङ मंसिर १० ।
प्रतिनिधि सभा तथा प्रदेश सभाको पहिलो चरणको निर्वाचन अन्तर्गत वडिगाड गाउँपालिकामा मा ६०.४९ प्रतिशत मत खसेको छ। कुल १८ हजार ४२ मतदाता मध्ये १० हजार ९ सय १४ जनाले मत खसालेका हुन् ।

१० ओटा वडा रहेको वडिगाडमा १२ ओटा मतदान स्थल रहेका थिए । निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न भएको निर्वाचन कार्यालयले जनाएको छ। अहिले मतपेटिका केन्द्र तर्फ लैजाने तयारी भैरहको छ।

वडा नं. १, २ र ३ को प्रहरी चौकी खर्वाङमा, वडा नं. ४, ५ र ६ को प्रहरी चौकी खार मा र वडा नं. ७, ८, ९ र १० को इलाका प्रहरी कार्यालय भिमगिठेमा संकलन गरि राखिने श्रोतले वताएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend