साझा नेटवर्क
हुमाकान्त पोखरेल, गुल्मी मङ्सिर १०।
विक्रम संवत २०१९ साल भदौ २८ रुरु ४ मा जन्मिएका एक बालक ९ बर्षको कलिलो उमेरमै नारा चुलुसमा सहभागी हुँदा धेरैले उनको भविष्यवाणी गर्न थाले । गाउँमा राम्रोसँग बाटो नपुगेको तथा उकाली ओराली, अध्यारोँ गाउमा नारा जुलुस गर्दै हिड्नु त्यो ९ बर्षे कलिलो बालकको सायद एउटा रहर थियो होला । तिनै रहर बोक्ने बालक थिए, प्रदिप ज्ञवाली, जो यतिबेला गुल्मीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को उम्मेद्धार भएका छन् ।
राजनीतिक यात्रा : ११ बर्षे भुमिगतदेखि सासंदसम्म
तत्कालिन अवस्थामा पञ्चायती ब्यवस्था थियो । तिनीहरुले गाउँका राजनीतिक दलका नेताहरुलाई हिरासदमा राख्ने गर्दथे । त्यसैक्रममा हाल गुल्मी क्षेत्र नम्बर १ प्रदेश १ का कमल श्रेष्ठ पनि प्रहरीको हिरासदमा परे । उनै श्रेष्ठलाई छुटाउन भन्दै ९ बर्षको कलिलो उमेरमै पहिलो पटक गृहभुमिबाट विद्यार्थीको नेतृत्व गर्दै जुलुसमा सहभागि भए ।
०३२ सालमा १३ बर्षको उमेरमा रिडि हाई स्कूलबाट एस्.एल.सी. पास गरेपनि उमेरको कारणले घर परिवारले पढ्नको लागि बाहिर पठाउन चाहेन । क्याम्पस पढ्न जानुभन्दा अगाडीको समय गाउँमै शिक्षक बनेर विताए । त्यहि क्रममा ०३४ साल मंसिरमा जिवराज अश्रितसँग भेट भयो ।
जुन भेटले उनको जिवनको यात्रा मोडिदियो । त्यसपछि १६ बर्षमै ०३५ सालमा नेकपा मालेको गुल्मी पाल्पा संयुक्त जिल्ला कमिटी सदस्य भए । शिक्षक पेशाा छोडि ०३६ सालमा पार्टीको आदेशअनुसार तत्कालिन शासन ब्यवस्था हटाउन भन्दै भूमिगत आन्दोलन सुरु गरे ।
त्यस अवधिमा उनी गुल्मीमा ७ बर्ष र अर्घाखाँचिमा ४ बर्ष भूमिगत बसे । भूमिगत कालमा अत्यन्तै लोकप्रियता र आत्मियता बढाएकै कारणले गर्दा अहिले पनि उनिप्रति जनलहर छ यसरी ११ बर्षसम्म विभिन्न जिल्लामा भूमिगत रहेर काम गरेको प्रदिप ०४६ सालमा पार्टीको जिल्ला सचिवसम्म पुगे । उनको राजनीतिक यात्रा लम्बिदै गयो ।
०५१ अञ्चल सचिव र ०५४ मा केन्द्रिय कमिटीको सदस्य भए । अनि ०५६ सालमा गुल्मी निर्वाचन क्षेत्र नम्बर २ बाट पहिलो पटक ३७ बर्षको जोसिलो युवा उमेरमा नै संविधानसभा सदस्यमा निर्वाचित भए । अर्थात वि.स. ०५६ मा उनी सांसद भए । र हाल उनी पार्टीको केन्द्रिय सचिव छन् ।
पार्टी महासचिवले हार्दा उनले जिते
०६४ सालमा संविधानसभा सदस्यको निर्वाचन भयो । उनी एमालेको तर्फबाट पुन गुल्मी निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित भए । तत्कालिन समयमा देशभर प्रत्यक्षका २४० मध्ये एमालले ३३ सिट जितेको थियो । पार्टीका महासचिव माधव नेपाल ले हार्दा समेत उनी विजयी भए ।
दरबार हत्याकाण्डदेखि द्धन्द्धकालसम्म
त्यो अवधिमा संसदभित्र उनी अग्रणी भूमिकामा रहे । ०५८ जेठ १९ मा दरबार हत्या काण्ड भयो । जसमा राजा विरेन्द्रका सपरिवार १० जनाको हत्या गरियो । त्यसको १ बर्षपछि राजाले आफ्नो शासन लागु गरे । उक्त घटनाका हत्यारा भने हालसम्म पनि पत्ता लाग्न सकेका छैनन् ।
जुन सबै नेपालीको लागि दुखको कुरा हो । यस्तै किसिमले देशमा राजनीतिक गतिविधिहरु अगाडी बढ्दै गए र हुर्किन लागेको निरकुंशताको विरुद्धमा संसदमा आवाज उठाए । देश चरम भष्ट्राचारको चपेटामा डुबेको थियो । त्यसकारण भष्ट्रचारको विरुद्धमा कडा कानुन बनाउन पहल गरे र भष्ट्राचार निवारण ऐन बन्यो पनि । अहिलेको अख्तियार दुरुपयोग अनुसन्धान ऐनको पनि निर्माण गरियो ।
जुन अख्तियारको लाग बलियो कानुन सावित भयो । त्यसपछि विशेष अदालत ऐन र महाअभियोग सम्बन्धि ऐन पनि विकसित हुँदै गए । अनि द्धन्द्धकालका विभिन्न घटनाहरुको छानविन त्यत्तिबेला नै सुरु गरियो र रोल्पाको हारजन हत्या काण्डको पनि छानविन गर्दा उनको छवि झन उच्च भयो ।
माओवादीसँगको वार्ता सार्थकमा पु¥याए
०६२ को आन्दोलनपछि संसदको पुनस्थापना भयो । राजाले विघटन गरेको संसद विउतियो । त्यसपछि राजनीतिक दलको सरकार गठन भयो । त्यो सरकारमा प्रदिप ज्ञवाली सँकृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रि बने । त्यत्तिबेला जसका माओवादीको युद्ध जारी थियो ।
तत्कालिन माओवादीलाई सरकारमा ल्याउनको लागि नेपाल सरकारद्धारा गठित ३ सदस्यिय वार्ता टोलिमा उनी पनि एक सदस्य थिए । उक्त समितिलाई सरकारी बार्ता टोलि भनिन्थ्यो ।
उक्त समितिको अन्य सदस्यहरुमा नेताहरु कृष्ण सिटौला र रमेश लेखक पनि थिए । त्यत्तिबेलाको माओवादीसँगको वार्ता सफल भयो । उनले देशमै नमुना भूमिका पाए र आफ्नो जिम्बेवार निभाए । देशलाई अस्थिरताबाट स्थिरतातर्फ लैजाने काम गरे ।
नेपालमै ठूलो भष्ट्राचार काण्डको उठान
सुडानमा नेपाल प्रहरीको मिसन पठाउने सन्दर्भमा उनीहरुलाई पठाउने सामनहरु एपीसी लगायतका सामानहरुमा भष्ट्राचार भएको आशंका गरियो । तर मुख खोल्न कसैले सकेन । उनी दरिलो भएर मुख खोले । आवाज उठाए । अन्तत ४५ करोणको सामानमा ३१ करोडको भष्ट्राचार गरिएको पुष्टि गरेरै छाडे । यो नेपालमा भएको हालसम्मकै ठूलो भष्ट्राचार काण्ड हो ।
उनी सुडानको डार्पmर पुगेर अनुसन्धान गरेर । जसका कारणले अहिले पनि नेपाल प्रहरीका ३ जना आइजिपी ओम विक्रम राणा, हेम बहादुर गुरुँङ र रमेश ठकूरी लगायत केहि ठेकेदारहरु समेत देशका विभिन्न जेलमा छन् । यो आफूको जितको महत्वपूर्ण काम र जिवनकै सफलता भएको उनी बताउछन् । वास्तवमा यति ठूलो भष्ट्राचारको मुद्धा उठाउने ज्ञवाली विश्वकै एउटा नमुना ब्यक्ति सावित भए ।
कालिगण्डगी करिडोर
कालिगडगी करिडोर गुल्मी जिल्लाकै आर्थिक मेरुदण्डका रुपमा हेरीएको छ । उत्तरमा चिन र दक्षिणमा भारत जोड्ने यस करिडोरले गुल्मीका रुद्रवेणी, रिडी, हर्मीचौर, अवेर्नी र पूर्तिघाट लगायतका ठाँउहरुलाई छोएको छ । यो करिडोर त्यहाँका जनतालार्ई सदरमुकाम तम्घाससम्म जोड्ने एकमात्र निर्विकल्पिक सडक हो । त्यसका साथै यसले चिन र भातरसँग पनि जोड्ने महत्पवूर्ण सडकका रुपमा भुमिका खेल्ने बताइएको छ ।
रेसुङ्गा बिमानिस्थल
रेसुङ्गा बिमानिस्थल ज्ञवाली पर्यटनमन्त्रि भएको बेला परेको योजना हो । ०६४ सालमा औपचारीक काम सुरु भएको यस बिमानिस्थल गुल्मीको एक महत्वपूर्ण योजना हो । अहिले बिमानिस्थलमा जमिन सम्याउने, पर्खाल उठाउने र ब्यक्तिको जग्गा अधिग्रहण गर्ने जस्ता कामहरु भइरहेको छ ।
यहि हिसाबले काम हुँदै गए आउदोँ बैशाख वा जेठसम्म परिक्षण उडान गर्ने बिमानिस्थल निर्माण समितिका अध्यक्ष मधुकृष्ण पन्थले बताए । अहिलेसम्म बिमाानिस्थलको लागि करिब ८५ लाख मुआब्जा वितरण भइसकेको छ । त्यस्तै करिब १२ करोड रुपैँया निर्माणमा खर्च भइसकेको छ । यहाँ बिमानिस्थल सम्पन्न भइसेकपछि गुल्मेली जनतालाई साथै यस आसपासका जिल्लाहरुका नागरिक समेत प्रत्यक्ष लाभाम्बित हुनेछन् ।
रुरु रेसुङ्गा पर्यटन विकास समिति
गुल्मी जिल्ला धार्मिक, साँस्कृतिक तथा पर्यटकिय हिसाबले अत्यन्तै महत्वपूर्ण जिल्ला हो । जिल्लामा हुने सबैजसो धार्मिक तथा पर्यटकिय र साँस्कृतिक कामहरु यसै समितिमार्फत हुने गरेका छन् । यसै समितिलाई नेपाल सरकारले प्रत्येक बर्ष बजेट समेत विनियोजन गर्ने गरेको छ । ०६४ सालमा ज्ञवाली पर्यटनमन्त्रि भएको समयमा स्थापना भएको यस समिति पनि जिल्लाका लागि अहिले अपरिहार्य बनेको छ ।
यसै समितिमार्फत यो बर्ष मात्रै जिल्लाका विभिन्न स्थानमा धार्मिक तथा पर्यटकिय स्थान निर्माणका लागि बजेट समेत विनियोजन भइसकेको छ । मालिकामा पैदल मार्ग, इश्मामा पैदल मार्ग, रुद्रवेणीमा बृद्धाश्रम निर्माणको लागि बजेट विनियोजन भइसकेको समिति सचिव नरेश भण्डारीले जानकारी दिए ।
रेसुङ्गामा बनेको विभिन्न धार्मीक मन्दिरहरु, रिडिमा रहेको मन्दिर, श्रृङ्गेश्वर मन्दिर, चोयघा मन्दिर लगायतका मन्दिरहरु यसै समितिमार्फत निर्माण भएका हुन् । जो अहिले जिल्लाकै धार्मिक गहनाको रुपमा रहेका छन् । यसै समतिलाई जिल्लामा धार्मिक, साँस्कृतिक तथा पर्यटकिय काम गर्नको लागि ५५ लाख रुपैँया विनियोजन गरिएको छ ।
अरु के गरे प्रदिपले ?
संसदिय हिसाबले पहिलो कार्यकालमा झण्डै ०३७ सालमा तम्घासमा कच्ची सडक थियो । पहिलो कार्यकालमै उनले ७५ किलोमिटरको यो बाटो पिच गरे । रेसुङ्गा बलेटक्सार खानेपानी योजना, मुसिकोट बडागाउँ खापा योजना जस्ता खापा योजनाहरु, र गार्डेपसँग मिलेर जिल्लाको शैक्षिक पूर्वाधारको लागि सक्रिया भूमिका खेले ।
दोस्रो कार्यकालमा रुरु रेसुङ्गा पर्यटन विकास समिति, रेसुङ्गा एयरपोट, कालिगण्डगी करिडोर, रुद्रवेणी वामी सडक, राष्ट्रिय कफि अनुसन्धान केन्द्र, श्रृङ्गेश्वर क्याम्पस, रिडि सँस्कृत मावि लगायतका विद्यालय भवन निर्माणका लागि भारतिय सहयोग जुटाउन पहल गरे ।
त्यसैगरि रिडि खज्र्यााङ मोबा, मजुवा र इन्द्रेगौडामा मोटर पुल लगायतका महत्वपूर्ण पुलको पनि निर्माण गरे । त्यसैले ज्ञवालीलाई अहिले पनि राष्ट्रकै गहनाको रुपमा हेर्ने गरिन्छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend