logo
  • आइतबार, असोज ११ २०८३

गुल्मीमा महिला हिँसा विरुद्धको १६ दिने अभियान सुरु


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

हुमाकान्त पोखरेल, गुल्मी मङ्सिर ९।
अन्तराष्ट्रिय दिवस गुल्मीमा पनि मनाइएको छ । जिल्लाको मदाने गाउँपालिका पुर्कोटमा आज एक कार्यक्रम गरी दिवसको उद्घाटन गरिएको हो । कार्यक्रममा स्थानिय महिला तथा पुरुष दुवैको उपस्थिति रहेको थियो ।

त्यसैगरी लैङ्गिक हिसांको बारेमा अन्तरक्रिया, महिला हिसांका प्रकृती, घटना घट्ने कारण र स्थानिय स्तरमा समाधानका उपाय लगायतको विषयमा जिल्ला टोली र स्थानियबिच अन्तरक्रिया भएको थियो ।

त्यस्तै कार्यक्रममा, लैङ्गिक तथा महिला हिसांको घटनामा कानुनी उपाय, न्याय पाउने तरिका लगायतका विषयमा पनि छलफल भएको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोपाल अर्याल, महिला तथा महिला तथा बालबालिका कार्यलयकी प्रमुख प्रतिभा पन्थी, सरकारी वकिल लक्षमण घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

 


यो सामाग्री तपाईलाई कस्तो लाग्यो कृपया आफ्नो प्रतिक्रिया दिन नभुल्नुहोला ।


[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend