साझा नेटवर्क
केशव चापागाई, कतार ।
मेची महाकाली सेवा समाजले आफ्नो मासिक भेला गरि संस्थामा आबद्द सम्पुर्ण सदस्यहरुलाई संस्थाको लोगो अंकित टि-सर्ट शुक्रबार बितरण गरेको छ । कार्यक्रममा संस्थाको परिचय पत्र पनि बितरण गरिएको थियो ।
सनैया स्थित ग्रान्ड महल प्लाजाको होटल इस्पाइसीमा आयोजित कार्यक्रममा सेवा समाजका केन्द्रीय समितीका अध्यक्ष द्रोण प्रसाद भेट्वालले आफ्ना मन्तब्य राख्दै तीन जनाबाट संस्था तीस जनामा जानू संस्थाको पहिलो उपलब्धी भएको भन्दै खुसी प्रकट गर्नुभयो।
संस्थाले आफ्नो पहिलो उदेश्य अनुसार झापाको बिर्तामोडमा सीप मुलक तालिम केन्द्र स्थापनाको काम ७५५ पूरा गरेको सम्पुर्ण सदस्यहरुलाई अबगत गराउनु भयो।आउदो जेनवरीमा तालीम केन्द्रले पुर्णता पाउने बताउदै सीप मुलक तालिममा अहिले सिलाइ बुनाइ र बुटिङ निशुल्क सिकाइने बताउनु भयो।
सम्पुर्ण सदस्यहरुको हौसला यसरी नै कायम राख्ने हो भने यस्ता तालीम केन्द्र पुर्व मेची देखि पश्चिम महाकाली सम्म खोलीने बताउनु भयो। विशेष सल्लाहकार केशब चापागाईंले सन्चालन गरेको कार्यक्रममा केन्द्रीय समिती महा(सचिब लिला प्रसाद गौतम र संस्थापक तथा कोषाध्यक्ष इश्वर सिंह महताले पनि आ(आफ्नो बिचार राख्दै प्रबासमा बसेर पनि देशको सेवा गर्न सकिने कुरामा जोड दिनु भयो।
कतारमा बैदेशिक रोजगारमा रहेका युवायुवतीका हरेक समस्या सावधान गर्ने,संस्थामा आबद्द सदस्यलाई स्वरोजगार मुलक सीप सिकाई आत्मनिर्भर बनाउने तथा विश्वका हरेक कुनामा रही परिश्रम गर्दै आएका सम्पुर्ण नेपालीको आवाज सुनुवाई गर्दै हरेक समस्याको सावधान गर्ने मुल उदेश्यले गत जुनमा मेचीमहाकाली सेवा समाज गठन गरिएको थियो ।
केन्द्रीय समीतीका अध्यक्ष दोर्ण प्रसाद भेटुवाल रहनु भएको उक्त संस्थामा उपाध्यक्ष बालकुमारी परियार ,संस्थापक तथा कोषाध्यक्ष इश्वर सिंह महता, महा(सचिब लिला प्रसाद गौतम , सचीव धनमाया लिम्बू,सह(सचिब सुरज थापा मगर त्यस्तै विशेष सल्लाहकार केशब चापागाईं रहनु भएको छ।
सेवा समाजको एरिया समितीमा अध्यक्ष अन्जिप शाही,उपाध्यक्ष रण बहादुर कटुवाल,कोषाध्यक्ष सुजित डंगोल र सचिब दुर्गा बहादुर कुवर रहनु भएको छ।त्यस्तै इकाई समितीमा अध्यक्ष रहुदिन मिया,उपाध्यक्ष सोभा सुनार,सचिब आल बहादुर गाहा,सह-सचिब किरण नेपाली त्यस्तै कोषाध्यक्ष सानू भाईइ खत्री रहनु भएको छ।
संस्थाका सदस्यहरु क्रमशस् राम माया तामाङ,अमर बहादुर राउत,आकाश बहादुर लाहय,तिर्थ धमला,दुर्गा बहादुर लिम्बू,योगेन्द्र लिम्बू,टंक बिक,नुर आलम,भोज बहादुर परियार,गोपाल गाहा,अनिल अर्याल,याम कुमारी शाह,हरी चन्द्र थापा,समीर थिङ रहनु भएको छ।
[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend