logo
  • शुक्रबार, असोज ९ २०८३

बागलुङमा बामपन्थी चुनावी कार्यक्रम सकिए, वामगठबधनको जित सुनिस्चित : पौडेल


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

बिमल खड्का, बागलुङ मङ्सिर ७ ।
२ नम्बर निर्वाचन क्षेत्रको सबै गाउँपालिका र नगरपालिकामा औपचारिक चुनावी सभा तथा भेटघाट सम्पन्न गरेको छ । संयुक्त वामगठबन्धनले निर्वाचन क्षेत्रमका २ प्रदेश क र ख मध्य साबिकका ३१ गाबिस मा चुनावी सभा सम्पन्न गरेको गठबन्धनले जनाएको छ ।

चुनावी प्रचार सभाको आज अन्तिम दिन ताराखोला गाउँपालिकाको अर्गलमा बोल्दै नेकपा माओवादी केन्द्रकास्थायी कमिटी सदस्य तथा २ नम्बर निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा सदस्यका साझा वाम उमेदवार देबेन्द्र पौडेलले वामगठबन्धनको जित सुनिस्चित भएको बताउनु भयो ।

चुनावी अभियानका क्रममा सबै ठाउँ पुग्दा जनता गठबन्धन प्रती उत्साहित रहेको भन्दै पौडेलले अव जनता ढुक्क भएर विकास र समृद्धिको एजेन्डा बोकेका वामगठबन्धनका साझा उमेदवार लाई जिताउन आतुर रहेको बताउनु भयो । सधै छुट्टाछुट्टै उमेदवार लिएर चुनावमा आउने वामपन्थी पार्टी हरु अहिले एक ढिक्का भएर आउँदा जनता उत्साहित छ्न पौडेलले भन्नू भयो ।

देशमा अस्थिरतामा रहिरहदा विकास र समृद्धिका एजेन्डा अघि बढ्न नसकेको भन्दै अब वामपन्थीलाई जनताले पुर्ण बहुमत दिएर पाँच बर्ष सम्म सरकार चलाउने वातावरण बनाउन हुनेछ हामि विस्वस्त छौ जनताले त्यहिअनुसार बुझिदिनुहुनेछ ।वामपन्थी एक हुँदा जनता खुशी छ्न, त्यो खुशी अब १० गते हामिलाइ मतदान गरेर प्रमाणित गर्नु हुनेछ हामी ढुक्क छौ उहाँले भन्नु भयो ।

अब केन्द्र र प्रदेशमा स्थायी सरकार मार्फत सबै जनताको अधिकारका लागि लड्ने छौ, विकास र समृद्धिका लागि लड्ने छौ, पौडेलले भन्नू भयो । कार्यक्रममा बोल्दै पौडेलले विपक्षीका क्षणिक लोभलालच र प्रलोभनमा नपरी जनता जागरुक भै वामपन्थीलाइ मतदान गर्न आग्रह गर्नु भयो ।

हामी चुनाव जित्नका लागि मात्रैको तालमेल हैन,अब सबै परिवर्तनकारी शक्तिहरु एक भएर देशमा एउटामात्र शक्तिसालि कम्युनिस्ट पार्टी निर्माण गर्ने निर्णयमा पुगेको भन्दै विपक्षीका कुनै भ्रममा नपर्न आग्रह गर्नु भयो । कार्यक्रममा बोल्दै पौडेलले आफ्नो २ नम्बर निर्वाचन क्षेत्रलाइ देशकै नमुना र विकसित निर्वाचन क्षेत्रको रूपमा बनाउने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका समानुपातिक उमेदवार भविकला रोका, ताराखोला गाउपालिकाका अध्यक्ष प्रकास घर्ती र्तिर्थर्सिह थापा, नेकपा एमाले जिल्ला सचिवालय सदस्य सन्जय श्रेष्ठ गल्कोट समाज जापानका अध्यक्ष नर बहादुर थापाले मन्तव्य राख्नु भएको थियोे ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend