logo
  • शुक्रबार, असोज ९ २०८३

गरीब जनताकाे लागि लड्ने बामपन्थी शक्ति : सागर


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

बिमल खड्का, बागलुङ मङ्सिर ७ ।
अासन्न प्रदेश र प्रतिनिध सभा सदस्य उमेदवारका लागि हुने निर्वाचनकाे प्रचार अभियानका क्रममा अाज बडिगाड गाउपालिकाकाे वडा ७ भीमगिठेमा चुनावी सभा सम्पन्न भएकाे छ । बागलुङ क्षेत्र न २ क का प्रदेस सभा सदस्य उमेदवार एव बाम गठबन्धनका साझा बामपंथी उमेदार चन्द्र बहादुर बुढा सागरले दुखि गरिव जनताकाे मर्म बुझ्ने पाटि कम्नियुष्ट भएकाे बताएका छन ।

नेपालमा पुजीवादी सिद्धान्तले मात्रै बिकाश नहुने भन्दै समाजवादि सिद्धान्त मार्फत देशले बिकाशकाे मुहार फर्ने सक्ने भन्दै अब बाम शक्ति फुटेर नभई जुटेर जनताकाे मर्म अनुरुप काम गर्ने गठबन्धन हुँदै पाटि एकता गर्ने बताएका छन ।

कार्यक्रममा ढाेरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले दलित समुदायलाई अारक्षण व्यवस्था समानुपातिक समावेशीता दलितलाई राज्यकाे पहुचमा ल्याउन लड्ने पाटि बामपंथी शक्ति भएकाे बताउदै बिगत कमिकम्जोरी जे जे भएपनि यस पटक त्यस्ताे गल्ती नगरि बामपंथी शक्तिलाई जिताउन अाग्रह गरे ।

बागलुङकाे मुहार फर्ने बामपंथी शक्तिकाे जितकाे अावश्यकता भएकाे बताएका हुन । कार्यक्रममा नेकपा एमाले समानुपातिक उमेदवार माेहनलाल शर्मा नेकपा माअाेवादिकी समानुपातिक उमेदार दिलमाया राेका लगाएतले अाफ्नाे मन्तव्य राखेका थिए ।

भने बडिगाड गाउपालिका वडा न ९ का वडा अध्यक्ष कृष्ण केसीकाे अध्यक्षतामा संयुक्त बाम प्रचार समितिका सचिवालय सदस्य जित बहादुर थापाकाे स्वागत र सदस्य कृष्ण जैशीकाे संचालनमा सम्पन्न भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend