logo
  • शुक्रबार, असोज ९ २०८३

कांग्रेसले जनतासँग गठबन्धन गरीरहेको छ : शालिक पन्थी 


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

सन्ध्या बस्नेत/रिया बस्नेत, गुल्मी मङ्सिर ७ ।
गुल्मी क्षेत्र नम्वर २ को प्रदेश १ वाट नेपाली कांग्रेसका उमेदवार शालिक पन्थीले वामगबन्धन केन्द्रका नेताहरु  विचको मात्रै भएको बताएका छन् । मुसिकोट नगरपालिकाबाट घरदैलो गरेर आज सदरमुकाम तम्घासमा  पत्रकारहरु संगको कुराकानीका क्रममा उनले यस्तो बताएका हुन् ।

वामगठन्धनका सामु कांग्रेस एक्लैलाई चुनाव जित्न मुस्कील पर्ने त होईन ? भन्ने प्रश्नमा उनले वामगठबन्धनका पछाडी नेताहरु मात्रै लाग्ने र कांग्रेसले गठबन्धन जनता संग गरी रहेको दावि गरे । वामगठन्धन केन्द्रिय तहका नेता स्तरको हो ।

उनिहरु को प्रधानमन्त्री बन्ने, को राष्ट्रपति बन्ने  वाँडफाँडका  साथ  अप्राकृति गठबन्धन गरी रहो छन ’––उनले थपे –‘मलाई विश्वास छैन कि जनता नेताहरुले जे जे भन्छन र जतातता लर्घाछन् भेंडा बाख्रा झै उतै उतै लाग्छन् ।

उनले वामगठबन्धनबाट लोकतन्त्र खतरामा पर्ने भएकोले जनताले लोकतन्त्रको रक्षाका लागि पनि जनताले आफुहरुलाई जिताउने दावि दोहराए ।  हामीले कोरा सपना देखाउँदैनौं , जे गर्न सक्छौं त्यति मात्र वोल्छौं , उनले राहले कुमाल वस्ती र आफु उठी रहेको प्रदेश भित्रका दलितहरुको अवस्था वर्षौ अघि जस्तो थियो अहिले पनि उस्तै रहेको उदाहरण दिदै उनले प्रतिप्रश्न गरे ।

खै के गरे त त्यहाँ जितेका नेताहरुले खाली कोरा सपनाले हुँदो रहेछ त ? दलित लगायतका पछाडी परका वर्ग समुदायलाई आफुलाई भेंडा बाख्र जस्तो विक्री नहुन उनले सुझाव दिए । ‘अहिलेको जमनामा पनि जनतालाई भंडा बाख्रा जस्तो खरिद गरेरै चुनाव जितिएको मैले पाएँ, जसका कारण झन पछि झन गरिव र तल पर्दै छन  ।

त्यस्ता वर्ग समुदायहरु, मेरो उहाँहरुलाई यहि विनम्र निवेदन छ , एक दुई हजार नगद, एक दुई किलो मासु र रक्सीमा तपाईलाई कसैले किन्न खोज्छ भने त्यसैले उसको मुखमा हानेर आफ्नो स्वाभिमान  बढाऔं र अमुल्यमतको  सम्मान  गरौं   ।’

    जिल्लाका पुराना पत्रकार तथा सामुदायिक रेडियो स्काईका सञ्चालक समितिका अध्यक्ष समेत रहेका पन्थीले अहिले  आफुले गर्ने नसक्ने विकासको सपना जनतालाई बाँढेर मत नमाग्ने बताए ।

म राजनैतिक कर्मी मात्र होईन जिल्लाको पुरानो पत्रकार पनि हुँ, यसर्थ मैले जनतालाई ढाँटन चाहन्न यति भन्छु कि म उठेको प्रदेशका सवै मोटरबाटोलाई पिच गर्छुं , खानेपानीको अभाव भएको ठाउँमा पानी पुराउँछु ,  शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा जोड दिन्छु र गरिवी र वोरोजगारीको समस्यालाई समधान गर्ने कार्यक्रम ल्याउँ छु ।

   गुल्मी जिल्लाकै शैक्षिक धरोहर मानिने रेसुङ्गा वहुमुखी क्याम्पसका समेत दुई दुई कार्याकाल अध्यक्ष रहेका पन्थीले तिनै विद्यार्थीहरुले नै गाउँगाउँमा आफ्नो पक्षमा जनमत बनाई रहेको दावा गर्छन् ।

उनका प्रतिस्पर्धी वामगठबन्धनका संयुक्त उमेदवार नेकपा एमालेका नेता खड्ग केसी रहेका छन्  ।  ति दुवैको दावा जित्ने नै छ । फैसाला जनताले भोली गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend