साझा नेटवर्क
शंकर भुसाल, गुल्मी मङ्सिर ६।
“निर्वाचन शिक्षा तथा सुचनाको बिस्तार ,स्वतन्त्र र निष्पक्ष निर्वाचनको पुर्वाधार” भन्ने मुल नारा सँगै जिल्ला निर्वाचन कार्यालय गुल्मी ले निर्वाचन र सञ्चार बिषायक एक दिने प्रशिक्षण कार्यक्रम , गुल्मी को तम्घास मा सम्पन्न गरेको छ ।
आउँदै गरेको प्रतिनिधि र प्रदेश सभाको निर्वाचनको बिषयमा जानकारी, निर्वाचन लाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र बिश्वसनीय ढङ्गबाट सम्पन्न गर्नका लागी पत्रकारहरुले पालना गर्नुपर्ने दायित्व ,चुनाब प्रचार प्रसारमा सञ्चार माध्यमले पालना गर्नुपर्ने आचरण लगायतका बिषयमा प्रशिक्षण दिईएको थियो ।
कार्यक्रममा राजनितिक दलले टेलिभिजन ,रेडियो वा एफ एम रेडियोको माध्यमबाट निर्वाचन प्रचार प्रसार गर्दा कम्तीमा एक घण्टा को अन्तरालमा चौबिस घण्टामा बढिमा चार पटक र एक पटकमा बढिमा एक मिनेटसम्म प्रशारण गराउन सक्ने बताईयो ।
प्रदेश सभा तर्फ निर्वाचन प्रचार प्रसार गर्दा कम्तीमा एक घण्टाको अन्तरालमा चौबिस घण्टामा बढिमा दुई पटक र एक पटकमा बढिमा पैँतालीस सेकेन्डसम्म प्रशारण गराउन सक्ने पनि जानकारी गराईएको थियो ।
नेपाल सरकारका मन्त्री वा सार्वजनिक पद धारण गरेका व्यक्तिले कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा बिपक्षमा प्रचार प्रसार गरेको पाईएमा जिल्ला निर्वाचन कार्यलयमा खवर गरिदिनुहुन पनि पत्रकारहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले आग्रह गर्नुभयो ।
उपस्थीत पत्रकार हरुलाई नेपाल पत्रकार महासंघका अध्यक्ष नवराज भुसाल र निर्वतमान अध्यक्ष घनश्याम गौतमले निर्वाचनमा पत्रकार हरुले पालना गर्नुपर्ने आचारसँहिता विषयमा प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा प्रशिक्षण दिँदै नेपाल पत्रकार महासँघका अध्यक्ष भुसालले पत्रकार प्रतिको आम जनताको बिश्वासनियातालाई टुट्न नदिन पनी आग्रह गर्नुभयो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend