logo
  • शुक्रबार, असोज ९ २०८३

वामगठबन्धन जिताउ अभियानमा महिलाको बेग्लै गठबन्धन


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

प्रेम सुनार, गुल्मी मंसिर ६ ।
महिलालाई चुलो चौकसबाट वाहिर निकाल्ने र नारी मुक्तिको आन्दालोन छे्ड्ने यो देशका कम्युनिष्टहरु नै हुन भन्दै गुल्मी जिल्लाभर टोल स्तर सम्म वामगठबन्धन जिताउ अभियानमा महिलाहरुले गठबन्धन बनाउन सुरु गरेको बताएका छन् । यसको सुरुवात आजदेखि मुसिकोट नगरपालिका वडा नम्वर १ वाट गरिएको छ ।
यसको पहिलो अभियान्ता बनेकी छन् मुसिकोट नगरपालिकाकी उपमेयर कमला शर्मा । उनले मुसिकोट नगरपालिकाको वडा नम्वर १ पौदीअमराईका सयौ महिलालाई सम्वोधन गर्दै आज देखि वामगठबन्धन जिताऔं अभियान छेडिएको उद्घोष गरिन् । पौदी अमराईकी बृद्धा मनकला खरेलको अध्यक्षतामा १ सय ३० सदस्यीय महिला गठबन्धन गठन गएिको छ ।

महिला गठबन्धनलाई सम्वोधन गर्दै उपमेयर शर्मले भनिन् –‘हामी महिलाहरुलाई खाली धर्मकर्मको कुरा गर्ने , पुरुष आश्रित महिलाहरु हुन भन्ने सोच सिर्जना गराउने र सेवक वनाउने पुरातनवादी सोच–विचारको दमनमा परेर चुलो चौकस मै सिमित थियौं तर जव यो देशमा कम्युनिष्टहरुले नारी मुक्तिको आन्दोलन छेड्न सुरु गरे तव देखि विस्तारै हामीले मुक्ति पाउन थालेका हौ ।’

उनले थपिन–‘दश वर्षे जन युद्ध छेडेर चुलो देखि युद्ध मैदान सम्म पुराउने कम्युनिष्ट हुन् । यो देशमा महिलालाई राष्ट्रपति देखि सभामुुख सम्म बनाउने पनि कम्युनिष्टहरु हुन् । संघियता र समावेशीका लागि लड्ने पनि कम्युनिष्टहरु हुन् जसका कारण आज हामी राज्यको सवै अंगमा अनिवार्य भएका छौं अव महिलाले आफुहरुका मुक्तिदाता कम्युनिष्ट रोज्नु वाहेक अरु हुन सक्दैन् ।

पौदीअमराईकी अगुवा महिला गंगा श्रेष्ठले अझै पनि पुरातनवादी सोचको जरा काट्न सकिएको भन्दै त्यो सोच जरै देखि उखेल्नका लागि पनि वामपन्थीहरुलाई जिताउन जरुरी भएको वताईन् ।

यता क्षेत्र नम्वर १ मा पनि वामगठबन्धन जिताउ अभियानका लागि महिलाहरुले गठबन्धन गर्न लागेको वामगठबन्धनकी समानुपतिक उमेदवार तथा माओवादी केन्द्रकी नेतृ गीता थापाले जानकारी दिईन् । उनले आज रुरु गाउँपालिकाबाट सुरु भएको बताईन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend