साझा नेटवर्क
बिमल खड्का, बागलुङ मङ्सिर ६ ।
नेकपा माओवादि केन्द्रका स्थायी समिति सदस्य तथा निर्वाचन क्षेत्र नम्बर 2 का वामगठबन्धन बाट प्रतिनिधि सभाका साझा उमेदवार देबेन्द्र पौडेलले वामपन्थीहरुले लोकतान्त्रिक प्रणाली बाटनै देशलाई नयाँ युगमा लैजाने बताउनु भयो ।
पचासौं बर्ष काङ्ग्रेसको अधिनायकवाद ब्योहोरेका जनताले आसन्न निर्वाचनमा समृद्धि र विकासको एजेन्डा बोकेको वामगठबन्धनलाइ पुर्ण बहुमत दिएर देशलाई नयाँ युगमा लैजाने अभियानमा साथ दिन आग्रह गर्नु भयो ।
आज २ नम्बर निर्वाचन क्षेत्रमा संयुक्त वामगठबन्धनले ताराखोला गाउँपालिकाको ताराखोलामा आयोजना गरेको चुनावी सभामा बोल्दै उमेदवार पौडेलले उक्त कुरा बताउनु भयो । देशमा अस्थिरतामा रहिरहदा विकास र समृद्धिका एजेन्डा अघि बढ्न नसकेको भन्दै अब वामपन्थीलाई जनताले पुर्ण बहुमत दिएर पाँच बर्ष सम्म सरकार चलाउने वातावरण बनाउन आग्रह गर्नु भयो ।
वामपन्थी एक हुँदा जनता खुशी छ्न, त्यो खुशी अब १० गते हामिलाइ मतदान गरेर प्रमाणित गर्नु हुनेछ हामी ढुक्क छौ उहाँले भन्नु भयो । तत्कालीन जनयुद्धको आधार इलाका मानिने ताराखोलामा पुगेर बोल्दै पौडेलले यो ठाउ बाट जनयुद्ध र जनआन्दोलनमा धेरै साथीहरुको योगदान र बलिदान छ,अब ढुक्क हुनुस वामपन्थी सरकारले सहिद, घाइते, बेपत्तायोद्धा को उच्च सम्मान र योगदानको कदर गर्ने छ ।
हामीले शिक्षा, स्वास्थ्य, रोजगारीको अवस्था सिर्जना गर्छौ, अब पुर्ण बहुमतिय वामपन्थी सरकार बन्न कसैले रोक्न सक्दैन पौडेल भन्नू भयो । अब केन्द्र र प्रदेशमा स्थायी सरकार मार्फत सबै जनताको अधिकारका लागि लड्ने छौ, विकास र समृद्धिका लागि लड्ने छौ, त्यहिअनुसार जनताले हामीलाई बुझिदिनुहुने छ पौडेलले भन्नू भयो ।
कार्यक्रममा बोल्दै पौडेलले विगतका केन्द्रीकृत र एकात्मक राज्य प्रणालीले जनताको अधिकारको सुनिश्चितता नभएको भन्दै , नयाँ अवधारणा सहित हामि वामपन्थी एक ढिक्का भएर आएका छौ अब कुनै तागतले हामीलाई रोक्न सक्ने छैन उहाँले भन्नू भयो । विपक्षीहरु चुनावका बेला मात्र सक्रिय हुने गरेको भन्दै उहाँले उनीहरुको क्षणिक लोभलालच र प्रलोभनमा नपरी जनता जागरुक भै वामपन्थीलाई जिताएर काङ्ग्रेसलाइ सबक सिकाउन आग्रह गर्नु भयो ।
चुनाव नजिकिदै गर्दा विपक्षीहरु चुनाव जित्न केही जनतालाई सामान र पैसा दिएर प्रलोभनमा पार्न खोजेको भन्दै त्यस्ता जो सुकै भएपनि समातेर प्रहरीमा बुझाउन आग्रह गर्दछु उहाँको भनाइ थियोे । हामी चुनाव जित्नका लागि मात्रैको तालमेल हैन,अब सबै परिवर्तनकारी शक्तिहरु एक भएर देशमा एउटामात्र शक्तिसालि कम्युनिस्ट पार्टी निर्माण गर्ने निर्णयमा पुगेको भन्दै विपक्षीका कुनै भ्रममा नपर्न आग्रह गर्नु भयो ।
हामीले आफ्नो स्वार्थ छाड्यौ, अब इतिहासको पुर्ण समिक्षा गरि सबै जनताको स्वार्थका लागि लड्ने छौ उहाँले भन्नू भयो । यी सबै कुराको लागि स्थायी सरकार चाहिन्छ, जनताले हामीलाई त्यहिअनुसार बुझ्नुहुनेछ हामी आग्रह गर्न चाहान्छौ पौडेलले भन्नू भयो ।
वामगठबन्धन बाट काङ्ग्रेस आत्तिएको भन्दै स्व्च्छ प्रतिस्पर्धा बाट निर्वाचनमा होमिन आग्रह गर्नु भयो । कार्यक्रममा बोल्दै पौडेलले आफ्नो २ नम्बर निर्वाचन क्षेत्रलाइ देशकै नमुना र विकसित निर्वाचन क्षेत्रको रूपमा बनाउने प्रतिबद्धता व्यक्त गर्नु भयो । २ नम्बर निर्वाचन क्षेत्रलाई केन्द्र सग जोडी समग्र विकासका लागि आफ्नो पुर्ण योगदान रहने बताउनु भयो । म त्यही योजना सहित आफ्नो जिल्लामा आएको हु पौडेलले भन्नू भयो ।
कार्यक्रममा प्रदेश सभा सदस्यका साझा वामउमेद्वार चन्द्र बुढा सागरले यो क्षेत्रलाई केन्द्र र प्रदेश सग जोडेर विकासका कामले नमुना प्रदेशको रूपमा स्थापित गर्ने बताउनु भयो । हाम्रो टिममिलेको छ, हामी ३ शक्ति एक भएर आयका छौ अब हामी जनताको परिबर्तनका लागि मात्र काम गर्ने छौ र यो क्षेत्रलाई नमुना क्षेत्रको रूपमा विकास गर्ने छौ सागरले भन्नू भयो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका समानुपातिक उमेदवार भविकला रोका, राजमोका तिर्थ सिंह थापा, नेकपा एमाले जिल्ला सचिवालय सदस्य सन्जय स्रेस्ठ गल्कोट समाज जापानका अध्यक्ष नर बहादुर थापाले मन्तव्य राख्नु भएको थियोे । प्रेम घर्तीको स्वागत, धन बहादुर बुढाको अध्यक्षता र नरेस केसिको संचालनमा कार्यक्रम सप्पन्न भएको थियोे ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend