साझा नेटवर्क
हुमाकान्त पोखरेल, गुल्मी मंसिर ६ ।
चुनाव नजिकिएसँगै राजनीतिक दलले आफ्नो प्रचार प्रसारलाई तिब्र पारेका छन् । भोट तान्नकै लागि राजनीतिक दलका नेताले ठाउँठाउँमा फरक–फरक किसिमका आश्वासनहरु पनि दिइरहेका छन् । गुल्मीमा उम्मेद्धार प्राय पुरानै छन् । त्यसैले पनि मतदातालाई सजिलो छ ।
राजनीतिक दलले विगतका निर्वाचनमा प्रतिबद्धता गरे अनुसार काम गरेनन भन्नको लागि । तर निर्वाचनको शैलि फेर्दै नेताहरु टोलसभा र घरदैलो मार्फत मतदातासंग निकटता साटिरहेका छन् । सबै पार्टीका राजनैतीक कार्यक्रममा कार्यकर्ता भाषण सुन्न उपस्थित हुदैनन् । पहिले जस्तो भाषण सकिएपछि तालि बजाएर घर फर्कने पनि हैनन् । भोट माग्न ठुलै भेलादेखि टोलसभा वा घरदैलोमा पुग्ने नेतासंग कार्यक्रर्ता विकास मागिरहेका छन् । ‘
नेता ज्यू रोजगारी चाहियो ।’ विगत ८ बर्षदेखि भारतमा काम गर्ने कालिगण्डगी गाउँपालिका ३ जयखाँनीका लिल बहादुर दर्लामीले भने, ‘विगतमा गल्ती गरियो, अब त्यसो हुन्न रोजगारी सिर्जना गर्नेलाई भोट दिन्छौ ।’ २९ बर्षिय दर्लामीले परिवारको रोजीरोटीकै लागि भारतमा काम गर्छन् । ‘विगतका नेताका आश्वासन धेरै भए, तर रोजगारीको सिर्जना कसैले गरेन ।’ उनले गुनासो गरे ।
कालिगण्डगी गाउँपालिका चौरकी हरीकला न्यौपानेको घर भूकम्पले पूर्णरुपमा क्षतिग्रस्त बनाएको छ । उनलाई घर चाहिएको छ । नेतालाई भोट । ‘हालसम्म राजनीतिक दलका धेरै नेता आश्वासन दिए,’उनले भनिन,‘आफुलाई रात कसरी कटाउने भन्ने चिन्ता छ ।
’ एकपटक प्रहरी अनुगमनको लागि पुगेपनि आफूलाई भू–कम्प पीडितको सूचिमा नपारेको उनको गुनासो छ । ‘राहातका लागि धेरै पटक धाएपनि कतैबाट मिलेन । घर बस्नलायक छैन ।’ उनले भनिन्, ‘मेरो घर बनाइदिनेलाई भोट दिन्छु ।’ आफ्नो घर गाउँको पुछारमा भएकोले पनि कसैले वास्ता नगरेको उनको भनाई छ ।
मदाने गाउँपालिका ७ घमिर भानुपोखराका भिम बहादुर विकको भने अरुको भन्दा बेग्लै माग छ । अघिल्लो चुनावमा राजनीतिक दलका घोषणपत्र र आम सभामा जातिय विभेद विरुद्धका नारा थुप्रै थिए । तर अहिले उनी र उनीजस्ता दलितलाई गाउँमा जातिय छुवाछुतको चपेटामा परेका छन् ।
बर्षैदेखि जातिय विभेद हटाउने नारा बोकेका राजनीतिक दलले अहिलेसम्म यस्तो विकराल समस्या हटाउन नसक्दा आफूहरुको मन कुँडिने उनको भनाई छ । ‘हाम्रा घर र दलितका आम सभा गर्दा जातिय विभेद अन्त्य गर्छौ भन्नुभएको थियो, तर हालसम्म पनि हामीलाई दलित भनेर बाहिर राख्छन् ।
’ उनले भने, ‘जसले जातिय समानता कायम गरी दलितलाई आय आर्जनको बाटोमा उन्मुख गराउछ, त्यसैले भोट पाउँछ ।’ अहिलेसम्म जसलाई भोट दिएपनि राजनीतिक दलले उठाउदैँ आएको मुख्य एजेण्डा नै पुरा नभएको उनको भनाई छ ।
धुर्कोट गाउँपालिका ४, ५ र, ६ वडामाा खानेपानीको निकै समस्या छ । पूर्व सांसद टंक प्रसाद पोखरेलको पालामा सुरु गरिएको होल्बाङ्ग बाङ्ग्रा खानेपानीले आवश्यक मात्रामा खानेपानीको पूर्ति गर्न नसकेपछि केहि वार्डहरुमा लिफ्टिङ खानेपानी आयोजना समेत सुरु गरिएको थियो । तर त्यस्ता आयोजनाले पनि आफूहरुको खानेपानीको समस्या ज्यूँ का त्यूँ रहेको भन्दै मतदाताले भोट माग्न आएका उम्मेद्धारहरुसँग खानेपानीको योजना माग गरेका छन् ।
‘हटियाका जनतालाई खानेपानीको निकै समस्या छ ।’ स्थानिय शिक्षक नारायण पाण्डेले भने, ‘हटिया क्षेत्रको भोट लैजाने उम्मेद्धारले सबैभन्दा पहिले खानेपानीको समस्या समाधान गर्नुपर्छ ।’ खानेपानीको समस्या वस्तु, जैसिथोक, धुर्कोट रजस्थल लगायत जिल्लाका विभिन्न स्थानमा अझै पनि विकराल अवस्थामा रहेको छ ।
बिगतदेखि अहिलेसम्म विभिन्न पार्टीका उम्मेद्धारहरु मुख्य एजेण्डा मोटर बाटो नै हो । नयाँ ट्रयाक खोल्ने, स्तरउन्नती गर्ने वा कालोपत्रे इत्यादी । प्राय दलका घोणणा पत्रमा नछुट्ने यो मुद्धा नै जस्ताको तस्तै हुँदा कार्यक्रर्तामा त्यति धेरै उत्साह छैन् । ‘विगतका निर्वाचनमा भोट माग्न आउने सबै उम्मेद्धाहरुले बाटो पिचँ गर्छौ भन्नुहुन्थ्यो ।’
लसम्म पनि हुन सकेको छैन् ।’ तम्घासबाट करिब ४० किलोमिट रहेको घमिर भानुपोखरासम्म जाने मोटरबाटोको सिलादी सम्म ग्राभेलिङ्ग भएपनि त्यसभन्दा माथिको भेगमा छुने बाटो हालसम्म ग्राभेलिङ्गसम्म पनि गरिएको छैन् । कालिगण्डगी गाउँपालिका गगां प्रसाद काउछाले पनि बल्लबल्ल गाउँमा बाटो अएपनि बर्खामा पहिरो गएर बर्षभरी नै अवरुद्ध हुने समस्या रहेको बताए ।
‘विगतको निर्वाचनमा भोट माग्न आउदा पनि बाटोको स्तरोन्नती गर्ने भन्नुभएको थियो ।’ उनले भने, ‘तर समस्या यथावत नै छ, त्यसैले यसपालि बाटो बनाइदिनेलाई भोट दिने विचार छ ।’
जिल्लामा बृद्धहरुले बृद्धभत्ताको बृद्धि, युवाहरुले रोजगारीको सिर्जना तथा महिलाहरुले घरेलु सिपहरु लगायतको माग गर्ने गरेका छन् । त्यसैगरि खानेपानी नपुगेका ठाउँमा खानेपानी, खानेपानी भएको ठाउँमा सिँचाई, मोटरसाइकल पनि हिड्न नसक्ने ठाउँमा मोटरसाइकल सम्म हिड्ने बाटो, भर्खर खोलिएका बाटोलाई ग्राभेल गर्न तथा ग्राभेल भएका बाटोलाई पिँच गर्ने जस्ता विकास निर्माणका कामहरु मतदाताले माग गरेका छन् ।
राजनीतिक दलहरुले विगतमा काम भन्दा कुरामात्र बढी गरे । जसले गर्दा आम नागरिकप्रति राजनीतिलाई हेर्ने दृष्टिकोण समेत परिवर्तन भइसकेको छ । राजनीतिक दलका नेताले जितेपछि गाउँमा नआउने जस्ता समस्या रहेको पाइएको छ ।
जसले गर्दा नागरिकलाई निर्वाचनको समयमा मात्र भोट माग्न आउने राजनीतिक दलप्रति कम विश्वास रहेको पाञ्चायन मावि जैसिथोकका शिक्षक ऋषिराम पाण्डेले बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend