साझा नेटवर्क
हुमाकान्त पोखरेल, गुल्मी मंसिर ६ ।
गुल्मी क्षेत्र नम्बर १ बाट बाम गठबन्धनको तर्फबाट उम्मेद्धार बनेका नेकपा एमालेका प्रदिप ज्ञवालीले आफ्ना चुनावी एजेण्डाहरु सार्वजनिक गरेका छन् । मंगलबार साँझ पत्रकार सम्मेलनको आयोजना गरी उनले आफ्ना प्रतिवद्धताहरु सार्वजनिक गरेका हुन्।
ज्ञवालीले स्थानिय स्तरदेखि राष्ट्रिय स्तरसम्मका आयोजनाहरु समयमै सम्पन्न गरी समृद्ध गुल्मी निर्माण गर्ने बताएका छन् । जसमा रेसुङ्गा बिमानिस्थल, रिडीको तिनमुखे पुल, सालझण्डी मोटरबाटो लगायत रहेका छन् । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीसँगको प्रतिस्पर्धामा एमाले नेता ज्ञवालीले मतदाताको मन जित्न विभिन्न महत्वपूर्ण प्रतिवद्धताहरु जनाएका हुन् ।
देशमा बाम गठबन्धन निर्माण भएकोले जिल्लामा बामपन्थीहरुको नै मत धेरै भएकोले आफूले जित्ने दाबी गरे । त्यसका साथै समृद्ध नेपाल निर्माण गर्न देशमा बामपन्थीहरुको दुईतिहाई मत आवश्यक रहेको उनले जिकिर गरे । ‘आगामी निर्वाचनमा बामपन्थीहरुको दुईतिहाई मत आउछ । स्थिर सरकारको निर्माण भई राजनीतिक अस्थिरताको अन्त्य हुन्छ र हामीले सोचेजस्तो सुखि गुल्मेली ः समृद्ध गुल्मीको निर्माण हुन्छ ।’ उनले भने ।
के छ प्रतिवद्धता पत्रमा
नेकपा एमाले र नेकपा माअोवादी केन्द्रको संयुक्त बाम गठबन्धनको प्रतिवद्धता पत्रमा ‘सुखि गुल्मेली : समृद्ध गुल्मी’ को लक्ष्य हाँसिल गर्ने विकासका खाका रहेका छन् । जसमा सडक, खानेपानी तथा सरसफाई, शिक्षा, कृषि, सिंचाई, सामाजिक सुरक्षा, पर्यटन, पूर्वाधार, महिला, युवा, खेलकुद र रोजगार लगायतलाई प्राथमिकतामा राखिएको छ ।
प्रतिवद्धता पत्रमा कालिगण्डगी करिडोरलाई चिन र भारत जोड्ने आर्थिक मेरुदण्डको रुपमा विकास गर्न १० मिटर फराकीलो पारी ५ बर्ष र रिडि–रुद्रवेणी– वामीटक्सार सडकलाई २ बर्षभित्र पिँच गर्ने रहेका छन् । त्यसैगरी सालझण्डी–तम्घास–खज्र्याङ्ग सडक, खज्र्याङ्ग–गौडाकोट–मजुवा–शान्तिपुर–वाग्लुङ्ग सडकको स्तरोन्नति गरी तिन बर्षभित्रमा निर्माण सम्पन्न गर्ने, पूर्तिघाट–शान्तिपुर–इन्द्रगौडा सडकलाई पूर्वमा वलिङ, खैरेनीटार तथा पश्चिममा मध्यपहाडी राजमार्गको रुपमा जोडि स्तरिय सडकको रुपमा वकास गर्ने, पाल्पा–बुटबल सडकअन्तरतग सिद्धबाबाको पहिरोको जोखिम कम गरी वैकल्पिक बाटोको ब्यवस्था गर्ने पनि प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ ।
बाम गठबन्धनको प्रतिवद्धता पत्रमा एक बर्षभित्रमा नगरपालिका र गाउँपालिकाका सदरमुकाम र तिन बर्षमा प्रत्येक वडा जोड्ने मोटर बाटो पिच गर्ने, रेसुङ्गा रिङरोड, लुम्बिनी चक्रपथको अगंको रुपमा रहेको रानीघाट–रिडी–तम्घास–सन्धिखर्क सडक, तम्घास लगायत सहरी क्षेत्रमा वाइपास सडक निर्माण तथा विकास र सम्पूर्ण सडकहरुमा आवश्यकताअनुसार पक्कि पुल निर्माण लगायतका विकास निर्माणका एजेण्डाहरु रहेका छन् ।
एकघर–एकधारा’ अवधारणाअनुरुप पाचँ बर्षभित्रमा सबैको घरमा स्वस्च्छ खानेपानीको धारा उपलब्ध गराउने, चालु खानेपानी योजनालाई मर्मत संभार र पहिचान गरिएका स्थानमा नयाँ लिफ्टिङ लगायतका खानेपानी आयोजनालाई तत्काल अगाडी बढाउने, नगरक्षेत्रमा फोहोर ब्यवस्थापन सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको लागि स्कूलबसको ब्यवस्था, सबै विद्यालयहरुमा विद्युत सेवा, इ–लाइब्रेरी, सुरक्षित विद्यालय भवन, पर्याप्त फर्निचर, प्रयोगशाला, शौचालय, खेलकुद सामाग्री, क्याम्पसमा छात्रावास र पूर्ण सरसफाईको ब्यवस्था आदि प्रतिवद्धता पत्रमा उल्लेख गरिएका छन् ।
त्यस्तै बाम गठबन्धनको प्रतिवद्धता पत्रमा प्रत्येक गाउँपालिकामा १५ शैयाको अस्पताल, गाउँ र नगरपालिकाको केन्द्रमा बार्षिक रुपमा निशुल्क स्वास्थ्य शिविरको संचालन, स्वास्थ्य बिमा, विपन्न परिवारको लागि बिमाको ५० प्रतिशत रकम राज्यले उपलब्ध गराउने पनि समावेश गरिएको छ । गुल्मीको पहिचानका रुपमा रहेको कफि खेतिको विकास र विस्तार गर्ने, कृषि अनुदान, नगदेबाली तथा बेमौसमी तरकारी उत्पादन र बजारीकरण, हाट बजारको ब्यवस्था र प्रत्यक वडामा उन्नत रागों र बोकाको उपलब्ध गराई आधुनिक पशुपालनतर्फ किसानलाई उन्मुख गर्ने पनि प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ ।
त्यसैगरि क्षेत्रभित्रका सबै जमिनमा सिंचाईको ब्यवस्था, बृद्धभत्ता बढाएर पाचँ हजार पु¥र्याउने, विपन्न तथा घरविहिन परिवारलाई दुई बर्षभित्र सुरक्षित आवास प्रदान गर्ने, तिन बर्षभित्र खरको छानो विस्थापित गरी टिनको छानो लगाउने, दलित र विपन्न परिवारलाई निशुल्क मिटर बक्स प्रदान गर्ने र काठका पोलहरुलाई स्टिल पोलमा रुपान्तरण गर्ने लगायतका महत्वकाक्षी योजना पनि बाम गठबन्धनले अघी सारेको छ । जिल्लाका विभिन्न पर्यटकिय क्षेत्रलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने, जिल्लामा रहेका धार्मिक एवम् साँस्कृति सम्पदाहरुको संरक्षण गरी पर्यटक आवागमनमा बृद्धि गर्ने, जनताको आर्थिक स्तर उकास्नको लागि विभिन्न स्थानमा होमिस्टे संचालन गर्ने लगायतका योजनाहरु बाम गठबन्धनको संकल्प रहेका छन् ।
गुल्मीको क्षेत्र नम्बर १ मा चुनावी मैदानमा रहेको बाम गठबन्धनले प्रत्येक वडामा खेलमैदानको ब्यवस्था, जिल्लाका विभिन्न ठाउँमा प्रदेसस्तरिय खेल मैदानको निर्माण, महिला उद्योगमा अनुदान तथा पत्रकार उपचार कोषको लागि आवश्यक रकमको ब्यवस्था गर्ने लगायतका महत्वपूर्ण याजनाहरु अगाडी सारेको छ ।
प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रममा एमाले सचिव तथा क्षेत्र नम्बर १ का उम्मेद्धार ज्ञवाली, प्रतिनिधिसभा १ प्रदेश २ का उम्मेद्धार कमलराज श्रेष्ठ, नेकपा एमालेका समानुपातिक उम्मेद्धार बालसिंह काउछा, माआवादी केन्द्रका समानुपातिक उम्मेद्धार विर बहादुर कार्की, गिता थापा, जिल्लास्थित एमाले र माओवादी केन्द्रका प्रमुख तथा जिल्लामा क्रियाशिल पत्रकारहरुको उपस्थिति रहेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend