logo
  • शुक्रबार, असोज ९ २०८३

चन्द्र भण्डारीको गाउँमा प्रदिप ज्ञवालीको भव्य स्वागत


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

सन्ध्या बस्नेत, गुल्मी मंसिर ६ ।
कुनै समय थियो । कुनै एक दलको प्रभाव रहेको ठाउँमा अर्को दलको नेतालाई चुनावताका र्छिन नदिने तर अहिले त्यस्तो कतै छैन् । मतदानमा विवेक उनै जनताको भए पनि विपक्षी राजनैतिक दलका अगुवाहरुले विपक्षी दलको नेता , उमेदवारलाई पनि टोल टोलमा उभिएर स्वागत गर्ने गरेका छन र आफ्ना समस्या राख्ने गरेका छन् । यहि उदाहरण दिए आज हुँगाका वासीन्दाले पनि ।

एमाले नेता तथा गुल्मी क्षेत्र नम्वर १ का प्रतिनिधी सभा उमेदवार प्रदिपकुमार ज्ञवाली पल्लीकोटको गेटबाट छिरे देखि नै,को कांग्रेस को एमाले वा माओवादी भन्ने थिएन् । टोल टालेमा हातमा फुलमाला र अविर लिएर उभिएका थिए हुँगाका वासीन्दाहरु । नेता ज्ञवालीलाई माला पहिराउँदै हुँगाका नरायण भण्डारी चौरासी पुजा गरी सकेकोले आफुले असत्य नवोल्नै भन्दै भने–‘तपाई यो जिल्लाको मात्र होईन यो देशकै लागि जित्नु पर्ने मान्छे हो , यहाँलाई हुँगामा हृदय देखि स्वागत छ ।’

लामो समय नेपाली कांग्रेसको राजनीति गरेका र हाल बुढौली लागेको बताउने अर्का बृद्धद्धयः पुनाराम न्यौपाने र भक्तीराम भण्डारी अव आमाको गर्भमा छँदै देखि कुनै राजनीति दलको कार्यकर्ता हुनु पर्ने जमना गएको बताउँ छन् । कांग्रेस संग असन्तुष्ट रहेकोले होला उनिहरुले यसरी झटारो हाने–‘ सेतै फुल्ने बेला सम्म यहि हुँगामा कांग्रेसलाई मान्दै आईयो, चन्द्र भण्डारी र फाणिन्द्र भण्डारी जस्ता नेता पनि हामीले बनाईयो तर खै हाम्ले के पायौं ? हेर्नु भयो आउने बेलामा ? हुँगा छिर्ने पल्लीकोटको गेट भारतिय भुपु शैनिकले बनाई दिए तर त्यसैको तल मोटरबाटाको हविगत कस्तो छ ? ’

बृद्धद्धयले ७० वर्षको नेटो काटी सके पछि गत स्थानिय तहको निर्वाचन अघि देखि सम्म कांग्रेसको नाडी छामियो भन्दै त्यस पछि कम्युनिष्टमा एमालेलाई रोजेको बताए । हुँगा दमारकै सरस्वती भण्डारी भन्छिन –‘मेरो पालामा जति विकास कहिल्लै भएन भन्ने हाम्रा गाउँका सांसद चन्द्र भण्डारीले मेरा टोल दमारामा गोरु हिड्ने बाटो पनि बन्न सकेको छैन । अन्तत के गर्नु भयो थाह छैन । ’

उनकै गाउँकी मिना रजालीले भन्दै थिईन यहाँका सवै संग सोध्नुस यो गाउँमा सवै भन्दा गरिव मै हुँ । हाम्रै गाउँका नेता चन्द्र भण्डारीले सारा ठाउँका गरिवका छोरा छोरी आफैले पढाई दिएको समाचार सुन्छु तर आफ्नै गाउँका मेरा छोरा छोरीले छात्रवृत्ति सम्म पाएका छैनन् । हुँगाको ठुलापोखरामा भएको स्वागत कार्यक्रममा कांग्रेसका क्रियाशिल अगुवाहरु र चन्द्र भण्डारीका प्रशांसकहरु भने सहभागी त्यहाँ नभएर होला नेता भण्डारीले गरेको विकास निमार्णको चर्चा भने त्यहाँ गरिएन् ।

त्यसो त प्रदिपकुमार ज्ञवालीको गाउँ वलेटक्सारमा पनि चन्द्र भण्डारीलाई स्वागत गरिन्छ र कतै प्रशांसक त कतै आलोचक भई नै हाल्छन् । विगतमा कांग्रेसजन मध्ये चन्द्र भण्डारी संग असन्तुष्ट भएर हो कि नेता भण्डारीको आलोचनामा समय बढि खर्चेका थिए । सहभागीहरुलाई सम्वोधन गर्दै उमेदावर ज्ञवालीले आफुले गर्न नसक्ने सपना बाँड्न नआएको जे गरेरै देखउन सक्छ वामगठन्धनले त्यही एजेण्डा लिएर जनता सामु आएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend