logo
  • शुक्रबार, असोज ९ २०८३

ईश्वरी रानाको नयाँ लोक कोसेली “भिरमा गाई चरेको ”


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क, काठमाडौं ।
नेपाली लोक सांगितीक फाँटमा रहेर निरन्तर गाउँबेशीको यथार्थ भावनालाई समेट्ने खालको लोक सुशेली पस्किदै आउनेक्रममा विगत एक दशक भन्दा लामो समय लोक दोहोरीमा बिताएकी इश्वोरी राना मगरले हाल आएर आफुलाई सफल लोक दोहोरी गायिकाको रुपमा स्थापित गराउन सफल हुनुभएको छ ।
कलाको माध्यमबाट नेपाली लोक संस्कृतिको संरक्षण सम्र्वद्धनको साथमा नेपाली लोकसंगीत पारखीहरुको मन मुटुमा बस्न सफल हुनु भएको छ । बिरेन्द्रनगर, फोर ग्रुप, चितवनमा जन्मिएकी ईश्वरीलाई यस क्षेत्रमा अगाढी बढ्नको लागि आºनो फुपु चर्चित लोक दोहरी गायिका अग्रज कलाकार शिला आले मगरको पे्ररणा बाट यस क्षेत्रमा लागेकी बताउंछिन् ।
उहाँलाई आफ्नो परिवारवाट पनि उतिनै साथ र सहयोग पाएकोमा आफुलाई साह्रै भाग्यमानी ठान्दछिन् । हाल सम्म विभिन्न स्रष्टाहरुसंग गित गाई सकेकी गायिका ईश्वरीले आफुले भन्ने हालसम्म चारवटा एलवम बजार लेराई सकेको छ । उहांको सबै गितहरु उत्कृष्ट रहेको छ भने यो भन्दा पहिले निकालिएको एलवमहरु “खाउली केरा”, “आज नगद भोलि उधारो” जस्ता लोकगितलाई स्रोताहरुले पनि साह्र्रै मन पराईदिनु भएकोमा हार्दिक दिन चाहन्छिन् ।

हालसालै मात्र एक नारायण भण्डारीको शब्द, संगीतमा रहेको “भिरमा गाई चरेको ” बोलको गीत मार्फत स्रोता माझ प्रस्तुत भएकी छिन् भने उहाँलाई साथ दिनु भएको छ चर्चित लोक गायक युबराज मगरले साथ दिएका छन् । उक्त एलबम बिन्ध्यबासिनी म्युजिक प्रा. लि. द्वारा बजारमा आएको छ भने गितको भि.डि.ओ.पनि आई सकेको छ ।

एकता फिल्मस् प्रा.ली.द्धारा बजारमा आएको भिजुअलमा मौसम हिमालीको निर्देशन, दुर्गा पौडेलको छायांकन, सम्पादन नबिन घर्ति मगरको रहेको छ भने अभिनयमा चर्चित लोकदोहोरी गायक तथा मोडल राम जी खाँड र चर्चित मोडल तथा नृत्याँगना रिना थापामगरले आफ्नो कलालाई निखारेर दर्शक सामु पस्केकी छिन । आज सम्म दर्शक स्रोताको माया पाएको र यस एलवमवाट पनि पाउनेमा बिश्वस्त रहेको गायिका रानाले बताएकी छिन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend