logo
  • शनिबार, भाद्र २० २०८३

विचल्लीमा परेका वालवालिकालाई आर्थिक सहयोग


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

प्रेम सुनार, गुल्मी मंसिर ४ ।
केहि हप्ता अघि ओझेलका खवरमा वावु आमा विहिन अर्घाखाँचीका तिन वालवालिकाको विचल्लीको कथा प्रशारण भएपछि ईजरायलमा कार्यरत नेपालीहरुले आर्थिक सहयोग पठाएका छन् ।

रुपन्देहीको रुद्रपुर गाउँपालिका वडा नम्वर ५ गर्गरे घर भई ईजरायलमा कार्यरत रितु पौड्यालको सक्रियतामा त्यहाँ स्थित प्रवासी नेपाली समाज ईजरायका सवै सदस्यहरुले जनही सहयोग संकलन गरी ३५ हजार रुपैयाँ मरेङ्गका गतिला पोखरेका तिन नाती नातिनालाई पठाएका हुन् ।

उक्त रकम क्यानन् ईन्टरनेशनल एजेकेशन, ट्रफिकचोक वुटवलका सञ्चालक वसन्त शर्मा मार्फत पठाईएको हो । ईजरायलमा रहेकी रितु पौड्यालले ति वालवालिकाको विचल्ली सम्वन्धि ओझेलका खवर युट्युवमा हेरेर आफुले आँशु थाम्न नसकेको बताईन् ।

त्यहाँबाट फोन गरेर उनले भनिन–‘ यहाँको यस प्रवासी समाजका सवै पदाधिकारी र सदस्यहरु संग कुरा राखेर सवैले सहर्ष स्वीकार गर्दै सहयोग संकलन गरेर उक्त रकम पठाएका हौं । पौड्याल र त्यहाँको प्रवासी समाजले यस अघि पनि विपदमा परेका थुप्रै नेपालीहरुलाई सहयोग गर्दै आएका छन् ।

मरेङ्गका ति वालिवालिकाका वावु आर्थिक भारको तनावमा परेर आत्मा अत्या गरेका थिए भने आमाले छाडेर दोश्रो विवाह गरेपछि विचल्लीमा परेका हुन् । उनिहरुको उमेर दुई वर्ष देखि ८ वर्ष सम्मको रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend