साझा नेटवर्क
बिष्णु अधिकारी, कतार ।
नेपाली सांगीतिक क्षत्रमा बिभिन्न खालका गितहरु पस्कदै गरेका गायक तथा सर्जक शरद पाण्डेको फेरी एउटा उत्कृष्ट आधुनिक गितले तहल्का मच्चाएको छ । एक कुशल सर्जक शरद पाण्डेको उत्कृष्ट शब्द र लोकप्रिय संगीतकार राजकुमार बगरको संगीतमा रहेको नत फुल बन्न सकें नामको आधुनिक गितले तहल्का मच्चाएको हो ।
बसन्त फिल्म्स् प्रा.लिको प्रस्तुती रहेको सोही गितमा गायक सन्तोष तामाङले आवाज दिएका छन् । उक्त गितमा भिडियो तर्फ शिशिर श्रेष्ठले निर्देशन गरेका हुन् भने मुकेश हुमागाईंलको छायांकन साथै अमृत चापागाईको सम्पादन रहेको छ।
मायाँ प्रेमकै भाव बोकेको शब्द सृजना रहेको सोही गितको भिडियोमा बिक्रम बुढाथोकी, क्रिस्टिना थापा र सन्दिपको जोडदार अभिनय देख्न पाईन्छ । समय समयमा यस्तै मिठा गितका उत्कृष्ट शब्द सृजना गर्दै सर्जक शरद पाण्डेले दर्जनौंको हाराहारीमा गित बजारमा सार्बजनिक गरि सकेका छन् ।
हालै मात्रै युटुब मार्फत सार्वजनिक गितलाई ३१ हजार भन्दा बढी दर्शक श्रोताले मन पराएर हेरी सकेका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend