logo
  • शुक्रबार, साउन ८ २०८३

लाफाको बृहत भेटघाट तथा अन्तरकृया हुने


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

महेन्द्र थापा मगर, कतार।
“एकता नै बल हो, ईमान्दारिता नै धर्म हो” भन्ने मूल आदर्शलाई आत्मसाथ गर्दै समग्र आर्थिक समृद्धिका लागि लाफा इन्भेस्टमेण्ट लि. २०१६ मा स्थापित भई नेपाल, हङकङ, द.कोरिया, जापान, बेलायत, कतार, मलेसिया, अमेरिका, ईजरायल, इटली, बरमुडा, कुवेत तथा युएई लगायतका क्रियाशिल मगरहरुले स्थापना गरेको सामुहिक लगानी वाट शुरु भएको लाफा इन्भेष्टमेण्ट लि. कम्पनीको “आर्थिक समृद्धि अहिलेको आबश्यकता, एकता र इमानदारीता नै हाम्रो प्रतिबद्धता” भन्ने नाराको साथमा यहि मिति २४ नोभेम्वर २०१७ को विहान ९ वजे देखि दोहा कतारको नज्मा स्थित द गोर्खा रेष्टुरेण्टमा नेपालवाट पाल्नुहुने कम्पनिका अध्यक्ष/प्रवन्धक चन्द्रज्योति आले मगर अनि बोर्ड सदस्य/कानुनी मामिला प्रमुख रक्षा ब. रैका मगरको समुस्थितिमा बृहत भेटघाट तथा अन्र्तकृया कार्यक्रम राखिएको कतार संयोजक महेन्द्र थापा मगरले बताउनु भयो ।
उहाँले दोहा कतारमा रहनु हुने मगर लाफाहरुमा लाफा कम्पनिको बारेमा जान्न र बुझ्नका लागि कार्यक्रममा उपस्थित भईदिनु हुन हार्दिक निमन्त्रणा गर्नुं भएको छ । उहाँले अगाढी भन्नुभयो लाफा इन्भेष्टमेण्ट लि. कम्पनी विश्वभरि छरिएर रहेका उद्यमी, व्यवसायीहरुलाई आर्थिक रुपमा जोड्ने एउटा कम्पनी हो जसको मुख्य कार्यलय काठमाण्डौमा रहेको छ ।
लगानी गर्न, आफ्नै व्यापार व्यवसाय गर्न या साझेदारीको रुपमा काम गर्नको लागि यो एउटा उपयुक्त थलो हो । तपाईंसंग योजना छ, पैसा छैन पैसा छ, योजना छैन अथवा योजनापनि छ र पैसापनि छ तर समय छैन, यस्तो अवस्थामा लाफा ईन्भेष्टमेण्ट कम्पनीले तपाईंलाई सहयोग प¥याउंदछ ।

तपाईंको आवश्यकता र रुची अनुसार बाटाहरु पहिल्याई लगानीको उपयुक्त वातावरण सिर्जना गर्दछ । खासमा यस कम्पनीले लगानीकर्ता र ग्राहकहरु संगको सिधा सम्पर्क गराई एउटा पुलको काम गर्नेछ जसले गर्दा सुन्दर अवसरहरु आउनुका साथै प्रतिफल पनि राम्रो प्राप्त गर्न सकिनेछ । यहाँहरु जो कोही हामीसंगै काम गर्न चाहनु हुन्छ भने हामी सदैव तत्परताको साथमा स्वागत गर्न चाहन्छौं ।

यस कम्पनीको लगानीबाट ‘राम्रो आय भएका र कम आय भएका’ दुवै समुदायले फाईदा लिन सक्नेछन् किनभने राम्रो आय हुनेहरुले लगानी गर्ने वातावरण सृजना गरिदिने छन् भने आय कम हुनेहरुको लागि साना व्यवसायहरु शुरु गर्ने मौका तथा रोजगारीको अवसर प्राप्त हुनेछ । सामाजिक सेवा अन्तर्गत समाजका विपन्न वर्गले पनि फाईदा लिन सक्ने छन् ।

यस कम्पनिमा नेपालका प्रतिष्ठित ब्यक्तिहरुको पनि सहभागि रहेको छ । जसमा डाक्टर, इन्जिनियर, बैकको पुर्व म्यानेजर, चार्टर एकाण्टेन (CA), वकिल, लेक्चर, सफल ब्याबसायी, ब्यापारीहरु तथा उध्योगीहरु, सामाजिक अभियानताहरु, कलाकारहरु साथै बिभिन्न बिषयगत बिशेषज्ञहरु हुनुहुन्छ ।

यस कम्कनीको सात सदस्य Board of Directors भएको सात सदस्य समिति रहेको छ भने यस कम्पनीमा ११७ जना सस्थापक शेरधनी -Promoter Shareholder_ बाट १० करोड ४० लाख पूजि -Capital_ उठीसकेको छ । भने ३ सय भन्दा बढी साधारण शेरधनीले ५ करोड उठाउने प्रतिबध्दता गरिसकेका छन् ।

कम्पनीले वहुआयामिक र तहगत व्यवसायको अवधारणालाई अवलम्वन गर्ने छ । बहुआयामिक भन्नाले कुनै एउटै व्यवसायमा मात्रै लगानी सीमित नगरी विभिन्न क्षेत्रहरुमा लगानी गर्ने भन्ने बुझ्दछौं । हाल काठमाण्डौंको नजिकै रहेको रामकोटमा १०० रोपनी जग्गा लिई मगर “लाफा भिलेज” (आवास निर्माण सुरु हुदै) को कार्य अगाढी बढिरहेको छ । यस कम्पनिको वारेमा अझ यहाँहरु www.laphagroup.com यो लिंकमा गएर हेर्न सकिने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend