साझा नेटवर्क
बिजय कुमार मगर, कतार ।
“सम्पुर्ण मगर हरुको एकता अहिलेको आवश्यकता ” भन्ने मुल नाराका साथ नेपाल मगर संघ, शाखा कतारको आयोजना र दोहा एरिया समितिको ब्याबस्थापनमा संघ को अध्यक्ष शेर बहादुर रोका मगरको सभापतित्वमा, मगर संघ कतारका १७/१८ साँस्कृतिक मगर बाङ्ग (राजा) रेशम आले मगरको बिशेष उपस्थिति र नेपाल मगर संघ, शाखा कतारका प्रमुख सल्लाहकार महेन्द्र थापा मगरको प्रमुख आतिथ्यमा मगरभाषा र अख्खा लिपिको सँरक्षण र सर्म्बद्वन गर्ने उद्देश्यले मगर संघ कतारले मगर भाषा लिपी प्रशिक्षण कार्यक्रम शुक्रवारका दिन दोहाको नज्मामा स्थित गोर्खा रेस्टुरेन्टमा सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा विशेष अतिथिहरुमा सल्लाहकार सदस्यहरु भीम तरामु मगर, लिलम चिदी मगर, हुनुहुन्थ्यो भने अतिथिहरुमा महिला उपाध्यक्ष तथा महिला बिभाग संयोजक इशोरा थापा मगर दोहा एरिया समितिका अध्यक्ष अशोक आले मगर, सहानिया एरिया समितिका अध्यक्ष भक्त ढेगा मगर, वक्रा एरिया समितिका अध्यक्ष श्याम पुलामी मगर, मनार्थ सदस्य टेक रसाइली र नेपाल ट्रेड युनियनका बिदेश बिभाग सदस्य ढाल सिंह बेपत्ता मगर हुनुहुन्थ्यो ।
सभापति, बाङ, प्रमुख अतिथी बिशेष अतिथिहरु र अतिथिहरुले सँयुक्त रुपमा दिप प्रज्वलनका साथै ब्यानर अनावरण गरेर कार्यक्रम सुरु गरेका थिए भने कार्यक्रममा नेपाली राष्ट्रिय गान र मगर गानका साथै प्रथम सहिद क्या. लखन थापा मगर तथा अन्य ज्ञात अज्ञात सहिदहरु प्रति सम्झना गर्दै १ मिनेट मौनधारण गरिएको थियो । साथै उपस्तिथ रहेका सम्पुर्ण मगरहरु बिच परिचयात्मक कार्यक्रम भएको थियो कार्यक्रममा उपस्थित रहेका सम्पुर्णलाई मगर संघ कतारका प्रथम उपाध्यक्ष अभिमत पून मगरले खाम भाषा मार्फत स्वागत मन्तव्य द्वारा स्वागत गरेका थिए ।
कार्यक्रमको बारेमा जानकारी भाषा, लिपि, साहित्य, अध्ययन तथा अनुसन्धान बिभाग को संयोजक साथै यस कार्यक्रमको संयोजक रहेका मन कुमार रोकिम मगरले दिनुभएको थियोे । भने भाषा तथा लिपि प्रशिक्षकहरु सल्लाहकार सदस्य भिम तरामु मगर र संघको प्रथम उपाध्यक्ष अभिमत पुन मगर हुनुहुन्थ्यो । कार्यक्रम संचालन मगर संघ कतारका महासचिव बिजय मगरले गरेका थिए।
कार्यक्रममा मन्तव्य राख्दै विशेष अतिथि लिलम्बर चिदी मगर र प्रमुख अतिथि महेन्द्र थापा मगरले मगर संघ कतारले आफ्नो भाषा र लिपी लाई सँरक्षण र सर्म्बद्वन गर्ने उद्देश्यले गरेको कामलाई तारिफ गर्दै यहाँ प्रवासमा मात्र नभएर मगर भाषा तथा लिपीको प्रशिक्षण नेपालमा पनि गर्नु पर्ने कुरा मा जोड दिनु भयो।
प्रशिक्षण कार्यक्रममा १८ मगरात मा बोलिने मगर खाम पाङ भाषाको बारेमा प्रशिक्षक मगर संघ, शाखा कतारका प्रथम उपाध्यक्ष अभिमत पून मगरले प्रशिक्षण दिनुभएको थियोे भने १२ मगरातमा बोल्ने मगर ढुट भाषा र मगर अख्खा लिपिको प्रशिक्षण प्रशिक्षक संघका सल्लाहकार भिम तरामु मगरले दिनु भएको थियो । कार्यक्रममा मगरहरुको बाक्लो उपस्थिती रहेको थियो ।
कार्यक्रममा आवश्यक सामाग्री कपि कलमको प्रायोजन संघका सल्लाहकार सदस्य लिलम्बर चिदी मगर र पानी को प्रायोजन मगर संघ कतारका केन्द्रिय सदस्य भक्त राना मगरले गर्नु भएको थियोे ।
अन्तमा बोल्नु हुँदै मगर संघ कतारका अध्यक्ष तथा कार्यक्रमका सभापति शेर बहादुर रोका मगरले मगर भाषा तथा लिपी प्रशिक्षण कार्यक्रमलाई सफल बनाउन प्रायोजन गर्नुहु्ने र कार्यक्रममा उपस्तिथ रहेका सम्पुर्णलाई धन्यवाद दिदै कार्यक्रम समापन गर्नु भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend