साझा नेटवर्क
कुमार अविरल पन्थी, कतार ।
बाके प्रवासी सेवा समाज कतारले आयोजना गरेको प्रथम वार्षिकोत्सव तथा विविध सास्कृतिक कार्यक्रम सम्पन्न गरेको छ। “जिल्लामा रहेको अनाथ तथा अपाङ्ग आश्रम”को सहयोगार्थ प्रथम वार्षिकोत्सव तथा विविध सास्कृतिक कार्यक्रम २०१७ सम्पन्न भएको हो ।
कार्यक्रममा सस्थाका अध्यक्ष प्रकाश कोइराला सभापति तथा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिका सदस्य विमल सुवेदी प्रमुख अतिथि रहेका थिए । त्यस्तै कतारमा स्थापित विभिन्न वैचारिक तथा सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, मिडियाकर्मी पत्रकारहरू बाके जिल्ला वासी एवम गैर बाके वासीहरुको उल्लेख्य उपास्थिति रहेको थियो ।
विधिवत रुपमा केक काट्दै उद्घाटन गरिएको कार्यक्रममा समाजका उपाध्यक्ष युवराज कँडेलले स्वागत मन्तव्य प्रस्तूत गर्दै उपस्थित सबैलाई स्वागत गरेका थिए । सान्ता थपलियाले नेपालीको छोरी गीतको बोलमा नृत्य प्रस्तुत गर्दै साँगितिक कार्यक्रमको शुभारम्भ गरिएको थियो ।
कार्यक्रममा गायक तथा सर्जक सन्तोष केसीले तम्घास माथि रेसुङ्गाको बन, पञ्चेबाजा यसपाली तिम्रो सिउँदोमा सिन्दुर सजाउदै, साहुनीको भट्टी लगायतका अतिनै चर्चित गित प्रस्तुत गर्दै उपस्थित सबैलाई नचाएका थिए । गायिका बिन्दा परियारले ओठमा लाली, पन्चेबाजा मायाले दिएको रुमाल,के होला शुभ नाम बोलका गित प्रस्तुत गरिन । यसैगरी मोडल बिनु खड्काले मै राम्री हो की मेरो जवानी, आज गाउमा बिजुली चम्क्यो जस्ता गीत नृत्य प्रस्तुत गरिन ।
त्यस्तै लोक तथा दोहोरी गायक बिरु लामाले गोरखा मन कामना,घरमा पराल, बगेको खोला, बगेपनी आखाको डिलबाट, बग्यो सागर खोलि भेट्नलाई जस्ता चर्चित गित प्रस्तुत गरेका थिए । गायक रित कुमार श्रेष्ठ, गायिका नानु घले, राजन पाण्डे, सुरेन्द्र चन्द, दीपेन्द्र सुनार, प्रसान्त परियार,पप गायक दामोदर न्यौपाने, दामोदर सम्राट लगायतले गित प्रस्तुत गरेका थिए ।
मन त परदेशीको उत्कृष्ट गित १६ वर्षे जवानीको बैना बुझ बोलको गीतमा सन्ध्या, लोकेन्द्र र सजनले ग्रुप नृत्य प्रस्तुत गरे । त्यस्तै आनन्द मुस्कान, राज बुढाथोकीले नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि एवम् समाजसेवी बिमल सुबेदी, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति कतारका महासचिव बुधबल गुरुङ त्यस्तै सम्पूर्ण सामाजिक सस्थाको तर्फबाट लमजुङ सेवा समाज कतारका अध्यक्ष विष्णुलाल श्रेष्ठले बोलेका थिए ।
कार्यक्रमलाई समापन गर्दै सभापति तथा सस्थाका अध्यक्ष प्रकाश कोइरालाले कार्यक्रमलाई सफल बनाउन आ-आफ्नो ठाउँबाट सहयोग गर्नुहुने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै कार्यक्रम सभ्य एवम् भव्य बनाउन नेपालबाट पाल्नु भएका कलाकारहरुलाई विशेष आभार प्रकट गरेका थिए । कार्यक्रम समाज महासचिव श्याम डिसी र माया गिरीको संयुक्त संचालनमा कतारको सनैया स्थित अल डल्ला ड्राइभिङ्ग स्कुलको हलमा सम्पन्न भएको हो ।













© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend