logo
  • आइतबार, असोज ११ २०८३

प्रचण्डले आँशु थाम्न सकेनन् छोराको पार्थिव शरीरमा झण्डा ओढाउँदा


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

साझा नेटवर्क,काठमाडौं मंसिर ३ ।
छोरा प्रकाश दाहालको निधन हुँदा माओवादी अध्यक्ष प्रचण्ड चुनाव प्रचारका लागि झापामा थिए ।हेलिकोप्टरमा काठमाडौं आएका उनी लाजिम्पाटस्थित घरमा पुगेर नर्भिक अस्पतालमा आए । छोरा गुमाउँदाको पीडा उनको अनुहारमा प्रष्ट देखिन्थ्यो । तर, उनले आफूलाई सम्हाले । सार्वजनिकरुपमा उनले आफ्नो दुःख पोखेनन् ।तर, छोराको पार्थिक शरीरमा अन्तिम श्रद्धाञ्जली दिने क्रममा उनले पीडा लुकाउन सकेनन् ।
माओवादी पोलिटब्यूरो सदस्य समेत रहेका प्रकाशको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पेरिसडाँडामा राखिएको छ । माओवादी नेता कार्यकर्ता तथा शुभचिन्तकहरु श्रद्धान्जली दिन पुगेका छन् ।माओवादी नेताहरुको बीचमा प्रचण्ड थिए । अगाडि प्रकाशको पार्थिव शरीर राखिएको थियो । पार्टी प्रवक्ताले शोक वक्तब्य पढेपछि पार्टीको झण्डा ओढाउन आग्रह गरे ।आफ्ना छोराको पार्थिर शरीरमा झण्डा ओढाउने क्रममा प्रचण्ड भावविह्ल बने । उनले छोराको अनुहारमा राम्ररी हेर्न समेत सकेनन् र रोइरहे ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend