साझा नेटवर्क
साझा नेटवर्क, काठमाडौं मंसिर ३ ।
पुत्र प्रकाश दाहालको निधन भएपछि प्रचण्ड झापाबाट लाजिम्पाटस्थित निवास गएर नर्भिक अस्पताल पुगेका छन् । पुत्र शाेकमा रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नर्भिक अस्पतला पुगेका हुन् ।
प्रचण्ड भरतपुर महानगरपालिकाकी मेयर, छोरी रेणु दाहालसहित नर्भिक अस्पताल पुगेका हुन् । प्रचण्ड चुनावी कार्यक्रमका लागि झापामा थिए । पुत्र प्रकाशको निधन भएको खबर पाए लगत्तै प्रचण्ड चुनावी कार्यक्रम छोडेर फर्किएका हुन् ।
प्रचण्ड अस्पताल पुगेसँगै प्रकाशको निधन बारे पत्रकार सम्मेलनको तयारी गरिएको बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend