logo
  • शुक्रबार, असोज ९ २०८३

प्रकाश दाहालको निधन


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क, काठमाडौं मंसिर ३ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्बप्रधानमन्त्री क. प्रचण्डपुत्र तथा माओवादी केन्द्रका महाधिवेशन आयोजक कमिटिका सदस्य प्रकाश दाहालको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार आइतबार बिहान नर्भिक अस्पतालमा उनको निधन भएको हो । दाहालको निधन भएको औपचारिक घोषणा गरिएको छैन । केहीबेरमा अस्पतालले पत्रकार सम्मेलन गर्दैछ ।
दाहाललाई आइतबार बिहान पाँच बजेतिर अचेत अवस्थामा अस्पताल ल्याइएको थियो । झापामा रहेका माओवादी अध्यक्ष प्रचण्ड आजै हेलिकोप्टरबाट काठमाडौं फर्किँदैछन् । चितवनबाट दाहालकी दिदी रेणु र परिवारका अन्य सदस्यहरु पनि काठमाडौं आउँदैछन् ।अस्पताल परिसरमा अहिले सुरक्षा अधिकारीहरु तथा सर्वसाधारणको भिड लागेको छ । सधैं प्रचण्डसँगै हिँड्ने गरेका उनी मलाई सन्चो छैन भनेर चितवनको चुनावी कार्यक्रमलाई बीचमै छाडेर काठमाडौं फर्किएका थिए । उनी प्रचण्डसँग गोरखा, बाग्लुङ, झापा लगायत स्थानका कार्यक्रममा गएका थिएनन् । उनी काठमाडौंमा आमासँग बसेका थिए । दाहालको निधनपछि नर्भिक अस्पतालमा पुगेका पत्नी सिर्जना त्रिपाठी र भाञ्जीहरू राेइरहेकाे कारूणिक दृश्य देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend