logo
  • शनिबार, भाद्र २० २०८३

दशनामी सेवा समाज कतारले प्रथम साधारणसभा गर्दै


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क, कतार ।
संघिय गणतन्त्र नेपालका बिभिन्न भागबाट आइ भिन्न पेशा र व्यवसायमा संलग्न रहने क्रममा कतारका विभिन्न स्थानमा छरिएर रहनु भएका सम्पूर्ण दशनामी दाजुभाई दिदि बहिनीहरुलाई एकताबद्ध बनाउनको हेतुले स्थापाना गर्न लागिएको हो ।सेवा समाज कतारको प्रथम साधारण सभा यहि नोभेम्बर २४ तारिकका दिन कतारको दोहा शहरदेखि केहि किलोमिटर दुरीमा अवस्थित औधोगिक क्षेत्रको स्ट्रिट २७ स्थित रोटाना रेस्टुरेन्टमा सम्पन्न हुन गैरहेको साझा नेटवर्क लाई जानकारी प्राप्त भएको छ।

कार्यक्रमको सम्पूर्ण तयारि पुरा भएको र उक्त कार्यक्रमको लागि प्रमुख अतिथि एवं बिशेष अतिथिको रुपमा क्रमश: दशनामी समाज नेपालका पुर्ब केन्द्रीय अध्यक्ष एवं बर्तमान प्रमुख सल्लाहकार रबिन्द्र गिरी तथा दशनामी समाज नेपालका केन्द्रीय सदस्य एवं युवा इन्चार्ज खगेन्द्र गिरी आउने सम्पूर्ण तयारि पुरा भएको कुरा दशनामी सेवा समाज कतारका प्रमुख अभियन्ता मध्यका एक ब्यबसायी एवं युवा समाजसेवी श्री रामजी गिरीले बताए।

साझा नेटवर्क संगको संक्षिप्त कुराकाननीको क्रममा मोडल समेत रहनु भएका युवा समाजसेवी एवं दशनामी सेवा समाजका अभियन्ता पदम गिरीले कार्यक्रमलाई अझै आकर्षक र मनोरन्जनात्मक समेत बनाउने सोचका साथ दोहा कतारमा स्थापित बिभिन्न सास्कृतिक समुहका कलाकारहरुको प्रस्तुतिहरु समेत समावेश गरिएको बताए ।

यस्तै गरि साधारण सभा आयोजक समितिका संयोजक थम गिरीले साधारण सभामा सहभागी भै आ- आफ्नो सुझाब सल्लाह र शुभकामना व्यक्त गरिदिनुहुन दोहा कतारमा आयोजना गरिएको जानकारी गराउदै सम्पुर्ण कतारमा स्थापित संघ सस्थाका प्रमुखहरु,ब्यबसायी वुद्धिजीवि, समाजसेवी पत्रकार व्यक्तित्वहरुमा यसै सुचनालाई आधार मानी उपस्थितीका लागि हार्दिक अपिल गरिएको छ ।

औपचारिक पत्र पठाइसकिएको र यदि कुनै कारणबस पत्र पुग्न ढिलो भएको भएमा यसै सूचनालाई आधिकारिक निमत्रणाको रुपमा स्विकार गरि साधारण सभामा उपस्थितको लागि हार्दिक अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend