logo
  • शनिबार, भाद्र २० २०८३

घरमा कात्रो शुरक्षीत छाडेर निस्किएकी हुँ – एलिशा महर्जन


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

काठमाडौं ।
देश युवापुस्ताको हातमा जानु पर्छ र युवाहरुले देश सञ्चालन गर्न पाउनु पर्छ ।अब हर नेपालीले आफ्नो छोरा पाईलट ईन्जिनियर बनाउने सपना सँगै एक देश बिकास र देश चलाउने राम्रो नेता बनोस भन्ने सपना पनि साँच्नु पर्छ ।देशमा चलिरहेको भ्रष्टाचार ,कारबाही हिनता अनि अस्थिर राजनैतिक अबस्थाका बारेमा चिन्ता लिने आज धेरै सँख्यामा भेटिन थालेको छ ।

युवा पुस्तामा देशप्रतिको जिम्मेबारी बोध हुन थालेको छ । यसैको उपज आज नयाँ राजनैतिक शक्तिहरुको उदय भएको छ र युवाहरुले आ आफ्नो ठाँउबाट आगामी निर्बाचनमा उमेद्वारी पनि दिएका छन । उनिहरुले जित्लान या हार्लान कैफियतमै राखौँ तर पक्कै सम्मान जनक मत पाउने छन र पाउनु पर्छ ।

काठमाण्डौकी एलिशा महर्जन यस्को ज्वलन्त उदाहरण हुन । उन्ले थपिन पार्टिगत स्वार्थ भन्दा माथि उठेर दलहरुले काम गर्नु पर्छ ,आज देश भ्रष्टाचारको दल दलमा फसेको छ ,नेताहरुले एक भोटको मुल्य चुकाएका छैनन ,आम बिबेकशिल जनताले अब सोच्नै पर्ने समय आएको छ ।

काठमाण्डौ क्षत्र नँ १० (ख) बाट बिबेकशिल साझा पार्टीको त्रफबाट उमेद्वार बनेकी एलिशा आफु जित्छु नै भनेर उठेको बताउँछिन तथापि हार नै भएपनि आफ्नो कदम अब नरोक्किने बताउने उनि प्रत्यक नेपालीले देशका लागी पाँचै मिनेट भएपनि सोच्नु पर्ने भन्छिन ।

फरक सँदेशसँगको कुराकानीमा उन्ले भनिन म घरमा कात्रो सम्हाल्नदिएर ज्यानको बाजिमा हिँडेकी छु हेर्दै जाँउ म यो देशको लागी योग्य छु या छैन ।यो देशका युवाहरु बिदेसिएको देख्दा मन कुटुक्क हुने बताउने एलिशा युवाहरुको पलाएन रोक्न चाहन्छीन ।

उन्को शाहस र बिचारलाई काठमाण्डौ १० ( ख) का जनताले कत्तिको साथ दिन्छन यो भने हेर्न बाँकी नै छ ।तर यो भने निश्चय नै हो आज एलिशा जस्तै युवाहरुको देशलाई पक्कै खाँचो छ ।

एक छत्र रजाँई चलिरहेको बर्तमान राजनैतिक धरातलमा एउटा फरक मत र धार बन्दै बिबेकसिल नेपाली दल गठन भएको थियो ।काठमाण्डौका ब्यस्त सडकहरुमा दुईचार जनाको समुह हुन्थे अनि खबरदारी गरिरहेका हुन्थे कतिले सोचेहोलान काम नपाएकाहरु ?कतिले के सोचे तर समाजलाई झकझक्याउँदै बिबेकसिलले दशैँ खर्च सम्म दिन पुग्यो नेता नेताका घरमा ई त केबल प्रतिनिधि भुमिकाका लागी लिईएका केहि उदाहरणहरु मात्रै हुन ।

बिस्तारै बिबेकसिलको बिभिन्न देशहरुमा जहाँ नेपाली थिए र छन त्यहाँ सँगठनहरु बिस्तार भए । सोहि आगोमा हामफाल्न बरिष्ठ पत्रकार रबिन्द्र मिश्रले सँगठित गरेको साझा पार्टी समेत एकै उध्यस्य बोकेका दुई फरक शक्ति भन्दै एकता भयो ।

त्यसै एकताको बलबुतोमा आफ्नो शक्ति सन्तुलनका लागी अहिले भएका एकताहरु अनुसरण भएका हुन भन्दा अतियुक्ती नहोला ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend