logo
  • शनिबार, साउन ३० २०८३

नेपाली जनसम्पर्क समिति कतारद्वारा प्रेस विज्ञप्ति जारी


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

प्रेस विज्ञप्ति


प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिदै गर्दा एक पछी अर्को गर्दै नेपाली काँग्रेसका नेता कार्यकर्तालाइ लक्षित गरि भएको बम आक्रमणको घटना प्रति नेपाली जनसम्पर्क समिति कतार घोर भर्त्सना गर्दछ ।

नेपाली कांग्रेसका वरिष्ठनेता पूर्व सभामुख एवं प्रतिनिधिसभा निर्वाचनका लागि क्षेत्र नं १ तनहुँका नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई लक्षित गरी तनहुँ जिल्लाको भानु नगरपालिका वडा नं १० स्थित नेपाल डाँडा नजिक शनिबार अपरिचित समूहले प्रेसर कुकर बम प्रहार गर्नु नुवाकोट जिल्लामा नेपाली कांग्रेसका नेता तथा पुर्ब अर्थमन्त्री डा. रामशरण महतलाइ लक्षित गरि सवारी साधनमा आक्रमण गर्नु अत्यन्तै निन्दनीय छ ।

नेपाली कांग्रेसका नेताहरुलाई लक्षित गरी लोकतन्त्रलाई नै समाप्त पार्ने ढंगले आपराधिक मानसिकता बोकेका सुनियोजित समूहद्वारा बारम्बार यस प्रकारका आतंकित घटना दोहोरिनु दुखद हो ।

शान्तिपूर्ण एवं निर्वाध रुपमा निर्वाचनका कार्यक्रम गर्न पाउने नागरिकको नैसर्गिक अघिकार माथि ठाडो उल्लंघन गरेको छ र लोकतान्त्रिक संस्कार र संस्कृतिको उपहास गर्न खोजिएको छ । यस प्रकारका आपराधिक घटनाहरु पुनः नदोहोरियोस।

घटनामा घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै उक्त घटनाहरुमा संलग्न व्यक्तिहरुलाई तत्काल खोजी गरी कडा भन्दा कडा कार्वाही गर्न र घाइतेहरुको उचित उपचारको प्रबन्ध गर्न नेपाली जनसम्पर्क समिति सरकारसँग माग गर्दछ ।


मो. अजिज अलि
महामन्त्री
नेपाली जनसम्पर्क समिति कतार


प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend