logo
  • शुक्रबार, असोज ९ २०८३

उम्मेदवार असुरक्षित बन्दै असफल बन्दै सुरक्षा


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क, बुटवल मंसिर २ ।
चुनाब नजिकै गर्दा पछिल्लो समय बिभिन्न स्थानाम उमेदवार प्रतिनिधित्वलाई लक्षित गर्दै बम बिस्पोट गरिएको छ । हिजो दिउँसो नुवाकोटको ककनीमा कांग्रेस नेता डा. रामशरण महतलाई लक्षित गरी नुवाकोटमा बम विष्फोट भएपछि निकालिएको र्‍यालीका क्रममा झडप भएको छ। माइन विस्फोट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताबाट हुन् सक्ने प्रहरीले जनाएको छ। तर,उक्त घटनामा संलगता रहेका कोही पनि अहिले सम्म पक्राउ पर्न सकेका छैनन्।

नुवाकोटको रानीपौवामा बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका कार्यक्रमबीच झडप भएको हो । त्यहाँ दुई पक्षबीच ढुंगाहानाहान सुरु गएलगत्तै प्रहरीको टोली घटनास्थलतर्फ गएको थियो। प्रमुख जिल्ला अधिकारी जगदिशराज बरालले भने अहिले दुई पक्षबीच वार्ता चारी रहेको बताए ।

विप्लव समूहबाटै सो घटना भएको भन्ने अहिलेसम्म बुझिएको छ,’ जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी वीरेन्द्र बस्याललले भने, ‘घटनामा संलग्नहरुको खोजी भइरहेको छ।’ विस्फोटमा कांग्रेस कार्यकर्ताहरु चढेको गाडी पर्दा पाँच जना घाइते भएका छन्। सो आक्रमण यस पटक चुनावविरुद्ध भएको सबैभन्दा ठूलो घटना मानिएको छ।यसअघिका विस्फोटका सबैजसो घटना विप्लव समूहबाटै भएको प्रहरीको भनाइ छ। सो पार्टीका नेता-कार्यकर्तासहित करिब एक सय ८० जनालाई प्रहरीले पक्राउ गरिसकेको छ।

आक्रामक रणनीति बनाउँदै गृह मन्त्रालयले बनाएको सुरक्षा रणनीति असफल हुँदै गएको छ। विप्लव माओवादीलाई कम आँकलन गर्दा उम्मेदवारहरु नै असुरक्षित महसुस गर्न थालेका छन्। निर्वाचन आयोगले समेत सुरक्षाको अवस्थाबारे असन्तुष्टि जनाएको छ। गृहले विप्लव समूहले स्थानीय तहको निर्वाचनमा जस्तै तर्साउनका लागि मात्र केही घटनाहरु गर्ने आँकलन गरेको थियो। तर अहिले द्वन्द्वकालमा जस्तै हिंसात्मक घटना भइरहेका छन्।

हिंसात्मक घटना बढेपछि गस्ती, चेकजाँच र पेट्रोलिङ बढाउन निर्देशन दिएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडी बताउँछन्। ‘सबै उम्मेदवारहरुसँग नियमित सम्पर्कमा रहेर उहाँहरुलाई आवश्यकताअनुसार सुरक्षा दिन जिल्लाहरुलाई निर्देशन दिएका छौं,’ उनले भने, ‘खानतालासी र कारबाही पनि थप सशक्त बनाएर अब यस्ता घटना हुन नदिन हामीले सतर्क गराएका छौं।प्रहरीले विप्लव समूहविरुद्ध सुरुदेखि नै आक्रामक रणनीति लिन सुझाएको थियो।

तर, गृहले त्यसलाई गम्भीरताका साथ नलिँदा अहिले हिंसा बढिरहेको प्रहरी अधिकारीहरु बताउँछन्।>विस्फोट शृंखला यसअघि रुकुममा कात्तिक २४ गते माओवादी केन्द्रका उम्मेदवार जनार्दन शर्मा,२५ गते रोल्पामा माओवादी केन्द्रका नेताहरु वर्षमान पुन, ओनसरी घर्ती, र कृष्णबहादुर महराको गाडीलाई लक्षित गरी बम प्रहार गरिएको थियो।

२८ गते भोजपुरमा एमाले उम्मेदवार शेरधन राईको गाडीलाई लक्षित गरी बम विस्फोट गराइएको थियो। यस्तै, ३० गते रोल्पामा कांग्रेस उम्मेदवार अमरसिंह पुन र सोही दिन गोरखामा माओवादी केन्द्रका उम्मेदवार नारायणकाजी श्रेष्ठमाथि पनि आक्रमण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend