साझा नेटवर्क
कुमार अविरल पन्थी, कतार ।
बाके प्रवासी सेवा समाज कतारले आयोजना गरेको प्रथम वार्षिकोत्सव तथा विविध सास्कृतिक कार्यक्रमका लागि नेपाल देखि अतिथि कलाकाहरु कतार आइपुगेका छन् ।
चर्चित गायक बिरु लामा, गायिका बिन्दा परियार हिजो र चर्चित गायक तथा सङ्गीतकार सन्तोष केसी, चर्चित मोडेल बिनु खड्का आज कतार आइपुगेका हुन् । कतार आइपुगेका अतिथि कलाकारहरुलाई आयोजक टिमले एयरपोर्ट मै गएर स्वागत गरेका थिए ।
समाजद्वारा आयोजित जिल्लामा रहेको अनाथ तथा अपाङ्ग आश्रमको सहयोगार्थ प्रथम वार्षिकोत्सव तथा विविध सास्कृतिक कार्यक्रम २०१७ को सम्पूर्ण तयारी पुरा भएको समाजका महासचिव श्याम डिसीले साझा नेटवर्कलाई जानकारी दिएका छन् ।
कार्यक्रममा नेपाल देखि आउनु भएका चर्चित गायक तथा सङ्गीतकार सन्तोष केसी, चर्चित गायक बिरु लामा, चर्चित गायिका बिन्दा परियार र चर्चित मोडल बिनु खड्काले फरक/फरक किसिमका प्रस्तुतीहरु पस्किएर उपस्थित सम्पूर्णलाई मनोरन्जन प्रदान गर्दै छन ।
त्यस्तै कार्यक्रममा गायक रित कुमार श्रेष्ठ, अविरल अजित, दामोदर सम्राट, योगेन्द्र राई, शरद पाण्डे, राजन पाण्डे गायिका नानु घले डान्सर राम बाबु बोहोरा, शान्ति थपलिया, कुसुम राई, आनन्द मुस्कान हास्यकलाकार राजेश तिमिल्सिना, भिम गुरुङ, भोजपुरी गायक इन्दल यादव लगायतका कतारमा रहेका स्थानीय कलाकाहरुको पनि प्रस्तुति रहने छन ।
जिल्लाको अनाथ तथा अपाङ्ग आश्रमको सहयोगार्थ आयोजना गरिएको उक्त कार्यक्रम १७ नोभेम्बर अर्थात भोलि शुक्रबारका दिन कतारको सनैया स्थित डल्ला ड्राभिङ्ग एकेडमीको सभाहलमा बिहानको ११ बजे देखि सुरु हुदै छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend