logo
  • शुक्रबार, असोज ९ २०८३

मुलुकको सम्वृद्धि गर्ने ओलीको भनाई, कम्यूनिष्ट केन्द्रमा समाहित हुन प्रचण्डको आग्रह


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

कमल पौडेल, बागलुङ कार्तिक ३०।
नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले आसन्न निर्वाचनमा वहुमत सहितको सरकार वनाएर देशलाई सम्वृद्ध वनाउने उद्घोष गरेका गरेका छन्। आज बागलुङको गलकोट हटियामा संयुक्त वाम गठवन्धनको चुनावी सभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रि समेत रहेका ओलीले काग्रेसको चर्को आलोचना गर्दै पूर्व पश्चिम रेल चलाउने वताएका छन्।

ढोरपाटनको पर्यटन, बागलुङमा वगेका खोला नालाको उचित सम्बद्र्धन गरिने भन्दै ओलीले देश वाट ५ वर्ष मै अविकास र पछौटेपनको अन्त्यहुने ठोकुवा गरेका छन्। माओवादी केन्द्र र एमाले चुनाव पछि एउटै पार्टि वन्ने भन्दै ओलीले साना वाम पन्थी दलहरुपनि एकिकृत हुनु पर्ने वताएका छन्।

चित्र वहादुर केसि तर्फ लक्षित गर्दै ओलीले डाइनामिक राष्ट्रिय जनमोर्चालाई आफैले सरकारमा पुर्याएको र एकताको लागी आफुले रातो कार्पेट ओछ्याएर स्वागत गरीरहेको भन्दै थप छलफल गर्ने वताएका छन्। त्यस्तै सोहि कार्यक्रममा वोल्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले वामपन्थीको वलियो स्थानिय, प्रदेश र केन्द्रिय सरकार वनाएर देशको मुहार फेर्ने वताएका छन्।

पूर्व प्रधानमन्त्रि समेत रहेका दाहालले चित्र वहादुरको प्रशंसा गर्दै शक्तिशालि कम्यूनिष्ट केन्द्र वनाउने अभियानमा समाहित हुन आह्वान गरे । इतिहास रज्ने मौका आफूहरुलाई भएको भन्दै दाहालले चुनाव मात्रै जितेर नपुग्ने भएकोले अत्याधिक वहुमत दिन मतदातालाई आग्रह गरेका छन्।

नौमहिने सरकारले वाक्क भएको भन्दै स्थिर सरकार र सम्वृद्धि खोज्ने यो नौलो अवसर भएको भन्दै ऐतिहासिक अवसर नगुमाई देशलाई समाजवादी युगमा लैजाने प्रतिवद्धता समेत गरेका छन्। राष्ट्रियता, स्वाधिनता र सम्वृद्धिलाई एकसाथ अगाडि वढाई संसारलाई समाजवादको नयाँ मोडल दिने घोषणा गरेका छन्।

वुढि गण्डकी जलासय युक्त आयोजनाको खारेज गरेर शेर वहादुर देउवाले आफ्नो छवि उदाङ्गो पारेको दाहालले आरोप लगाएका छन् । काग्रेस विकास विरोधि हो भन्ने पुष्टी गरेको भन्दै चुनावको मुखैमा डोजर नचलाउन चेतावनी समेत दिएका छन्।

त्यस्तै राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्रि चित्र वहादुर केसिले केपि वली र प्रचण्डको जोडले मात्रै संविधान वनेको भन्दै तत्कालिन प्रधानमन्त्रिले १५ दिन मिति सार्न प्रस्ताव गरेको खुलासा गर्नुभएको छ। समाजवादी समाज स्थापनाको लागी आफु वाम गठवन्धन संगै रहेको भन्दै केसिले काँग्रेसवाट समाजपरिवर्तन सम्भव नरहेको वताउनु भएको छ।

प्रजातान्त्रिक आन्दोलनमा काग्रेसको भूमिका जनताले देखेको भन्दै कम्यिूनिष्टलाई नजरअन्दाज नगर्न सुझाव दिएका छन्। काग्रेसलाई विकास गर्ने भए मंसिर ११ गते पछि डोजर घुमाउन आग्रह गर्दै चुनावको मुखमा मात्रै डोजर नघुमाउन चेतावनी दिएका छन् । सो सभामा पूर्व मन्त्रि लगाएत उमेद्वारहरुले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend