logo
  • आइतबार, असोज ११ २०८३

अपडेट : गुल्मीमा मलामी बोकेको जीप दुर्घटनामा १ को मृत्यु १३ घाइते


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

टोपलाल अर्याल, गुल्मी कार्तिक ३०।
गुल्मीको रेसुंगा नगरपालिका ४ अर्खलेको पन्थीटोलमा मलामी लिएर फर्किदै गरेको लु १ ज १५२१ नम्बरको जीप दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ । छल्दीबाट अर्खले आउँदै गरेको जीप बुधबार राति साढे १० बजे दुर्घटनामा परेको हो ।

दुर्घटनामा १३ जना घाइते भएका छन् । घाइते मध्ये चार जनाको अवस्था गम्भिर रहेको छ । दुर्घटनामा कपिलवस्तु वाणगंगा नगरपालिका घर भई आफन्तकोमा आएका ६० बर्षिय डिल बहादुर दलार्मीको ज्यान गएको छ । गम्भिर घाइते उनको पाल्पा लैजादै गर्दा बाटोमै ज्यान गएको हो ।

त्यस्तै रेसुंगा नगरपालिका ४ का १७ बर्षिय सन्तोष पाण्डेय, ४५ बर्षिय धुर्व मरासिनी, ६० बर्षिय डिल बहादुर दर्लामी, ४१ ब्र्षिय मोहन बिक्रम थापा र ५४ देवराज पाण्डेयको अवस्था गम्भिर भएकाले पाल्पा रेफर गरिएको शसस्त्र प्रहरी वल गुल्म गुल्मीका गुल्मपति प्रहरी नायव उपरिक्षक प्रेम प्रकाश सिग्देलले जानकारी दिए ।

त्यस्तै सामान्य घाइते रेसुंगा नगरपालिका ४ कै ४५ बर्षिय देव प्रसाद बस्याल, ४१ बर्षिय खिम राज पाण्डेय, ६८ बर्षिय मुम प्रसाद आचार्य, ५२ बर्षिय डेम बहादुर दर्लामी, ४७ बर्षिय दिपक दर्लामी, ३५ बर्षिय गोपाल दर्लामी र जीप चालक धुर्कोट गाउँपालिका १ का ३५ बर्षिय आत्म रानाको जिल्ला अस्पताल तम्घासमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

दुर्घटनामा परेका सवै जना मंगलबार डोजरले पल्टाएको ढुंगाले लागेर ज्यान गुमाएका रेसुंगा नगरपालिका ४ का ३५ बर्षिय राम बहादुर दर्लामीको मलाम गएर फर्कदै गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend