logo
  • आइतबार, असोज ११ २०८३

गुल्मीमा मलामी बोकेको जिप दुर्घटना, १२ घाइते


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

साझा नेटवर्क, गुल्मी कार्तिक २९।
गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर ४ अर्खलेमा मलामि बोकेर फर्किदै गरेको लु १ ज १५२१ नम्बरको जिप दुर्घटना हुदा १२ जना घाईते भएका छन् ।
घाइतेहरुको जिल्ला अस्पताल तम्घासमा उपचार हुँदै गरेको पत्रकार घनश्याम गौतमले जानकारी दिएका छन् ।

रेसुङ्गा नगरपालिका वडा नम्वर ४, अर्खले निवासी ३५ वर्षीय राम बहादुर दर्लामीको हिजो मात्रै डोजरले बाटो खन्ने क्रममा पल्टाएको ढुंगाले लागेर ज्यान गएको थियो ।

सोहि घटनामा ज्यान गुमाएका राम बहादुर दर्लामीकाे शबलाई छल्दीपनाहामा खोलामा दाहसँस्कार गरि मलामी बाेकेर फर्किदै गरेकाे जिप राति १० बजे दुर्घटना भएको हो । विस्तृत विवरण भने अाउन वाकी  छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend