logo
  • शुक्रबार, असोज ९ २०८३

५ बर्ष हाम्रो मुख हेर्नुस, त्यसपछि विचार गर्नुस !


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

हुमाकान्त पोखरेल, गुल्मी कार्तिक २८ ।
पहाडको डाडाँमा घर । खरको छानो । घरको दलानमा बसिरहेकी थिइन्, कालिगण्डगी गाउँपालिका ३ जयखाँनी छाप निवासी ९१ बर्षिया बृद्ध दृउरुपा थापा । नाकमा बुलाकी, घाँटिमा माला र टाउकोमा सेतो कपडा बेरेकी उनको एकल जिवन हो । बिहानको करिब १० बजिसकेको थियो ।
त्यत्तिनै बेला केहि नेता त्यहाँ आइपुगे र उनलाई हात जोड्दै भने, ‘आमा नमस्कार ! ति बृद्धले पनि नमस्कार फर्काइन् । त्यहाँ नेता मात्र थिएनन्, गाउँका स्थानिय महिला र पार्टीका कार्यक्रता पनि थिए । गाउँका पार्टीका क्रियाशिल महिला कार्यक्रताले ति बृद्धलाई देखाउदैँ भने, ‘उहाँ प्रदिप ज्ञवाली, उहाँचाहि सुदर्शन बराल, हाम्रा नेता ।’ थोरै घर र भएका युवाहरु विदेश गएकोले खासै युवाको उपस्थिति थिएन् ।

कहिल्लै कुनै ठूला नेताको मुख समेत नदेखेकी उनलाई ‘हाम्रा नेता, ज्ञवाली र बराल’ भन्नुको कुनै अर्थ रहेन । किनकी उनले नेता भन्ने शब्द सुनेकी भएपनि उनीहरुको काम र कर्तब्यबारे कहिल्लै थाहा थिएन् । वास्तवमा ज्ञवाली नेकपा एमालेका केन्द्रिय सचिव र बराल माओवादी केन्द्रका पोलिटब्युरो सदस्य हुन् ।

राष्ट्रिय राजनीतिदेखि स्थानिय स्तरका विकास निर्माणका कामसम्म पनि कुनै समय आपसि झगडाले ग्रसित देशका कम्युनिष्ट पार्टीका राष्ट्रिय स्तरका नेता यसरी सँगै हिडेको सायद पहिलो पटक होला । त्यसैले पनि ति दुई नेताहरुहरुको ब्यवहार देखेर स्थानियहरु पनि अचम्मित भइरहेका थिए, कि फरक पार्टीका नेताहरु एक आपसमा यसरी मिलेर हिडेका छन् ।

अहिलेसम्म ७÷८ पटक भोट खसालिसकेकी उनको घरमा अहिलेसम्म कहि पनि नेता यसरी भोट माग्न आएका थिएनन्, केवल घर वरपरका वा घरका बुहरीहरुले भनेको चिन्हमा भोट खसाल्दी रहेछन् उनले । भोट तान्नका लागि उनलाई स्थानियले विभिन्न सपनाहरु देखाए तर केहि परिवर्तन भएन ।

त्यत्तिनैबेला एमाले सचिव ज्ञवालीले भने, ‘आमा हामी चुनावी अभियानमा छौ । भोट माग्न आएका हौँ ।’ गुल्मीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा एमाले सचिव ज्ञवाली र त्यसैको प्रदेश सभा १ मा माअ‍ोवादी केन्द्रका पोलिटब्युरो सदस्य बराल प्रत्यक्षतर्फका उम्मेद्धार हुन् ।

त्यसैको चुनावी अभियानस्वरुप भोट माग्न उनीहरु त्यहाँ पुगेका हुन् । ति बृद्धले उनीहरुलाई ‘खै, जसलाई दिए पनि उस्तै हो, अहिलेसम्म केहि भाछैन ।’ भन्ने जवाफ दिइन् । त्यसपछि सुरुमा ज्ञवाली नै बोले । उनले बृद्धालाई सम्झाउन खोजे ।

उनको भोट पनि आफूतिर ल्याउने कोशिस गर्दै भने, ‘आमा अहिले बृद्धभत्ता त लिनुभएको छ नि ।’ उनले लिएको कुरा बताइन् । ज्ञवालीले त्यो भत्ता आफूहरुले दिन सुरु गरेको बताए । रानाको मुखमा खुसि छायो । त्यसपछि ज्ञवालीले थप्दै गए । भन्दै गए । आफू र आफ्नो पार्टीले गरेका कुराहरु सुनाउदै गए ।

‘छोरीलाई भन्ने बुहारीलाई सुनाउने’ भनेझै उनले बृद्धतिर हेर्दै अरु स्थानियलाई सुनाउदैँ भने, ‘आमा, अहिलेसम्म राम्रोसँग काम गर्न पाएका छैनौ । सरकारमा लामो समयसम्म बसेर तपाइहरुको सेवा गर्न सकिरहेका छैनौ ।’ उनले थप्दै गए, ‘यसपालि भोट दिएर आगामी ५ बर्षसम्म काम गर्ने अवसर दिनुस्, हामी साँच्चिकै परिवर्तन हुनेगरि काम गर्छौ ।’

बिहानको करिब ६ ः ३० बजिसकेको थियो । गुल्मीको चन्द्रकोट गाउँपालिका हरेवाका शालिकराम न्यौपाने घरमै चिया पिउदै बसिरहेका थिए । त्यत्तिनै बेला एमाले सचिव तथा गुल्मी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेद्धार प्रदिप ज्ञवाली र प्रदेश सभा १ का उम्मेद्धार माओवादी केन्द्रका सुदर्शन बराल त्यहाँ पुगे ।

ति दुई उम्मेद्धाहरु नमस्ते गर्दै बृद्धसँग नजिक हुन खोजे । ‘सन्चै हुनुन्च ?’, बरालले सोधे । बृद्धले भने, ‘जसोतसो बाँचिएकै छ ।’ अनि ज्ञवालीले भने, ‘चुनाव आयो, हामी त भोट माग्दै आएको ।’ त्यहाँ एकछिन छलफल भयो । गाउँकै विद्यालयमा पढाउने एकजना शिक्षक पनि त्यहिँ रहेछन् ।

शिक्षकले नेताले जनताको अपेक्षाअनुसार काम गर्न नसकेकोे कुरा गरे । त्यसलाई ज्ञवाली र बराल दुवैले स्वीकार गर्दै अब आफूहरुले त्यसो हुन नदिने प्रतिबद्धता जायर गरे । अनि ध्यान उनै बृद्धतिर केन्द्रित गर्दै ज्ञवालीले भने, ‘तपाइले बुझ्नुभएकै छ बुबा, अझैसम्म हामीले निरन्तर सरकारमा सबेर तपाइहरुको सेवा गर्न पाएका छैनौ ।

अबको ५ बर्षसम्म सेवा गर्न मिल्नेगरी तपाईले आशिर्वाद दिनुस् हामी साच्चिँ परिवर्तन हुनेगरी काम गरेर देखाउछौँ ।’ सेतै फुलेको कपाल । कार्तिक २६ गते दिउसोको करिब १ बजेको समय । दलानभित्रको खाटमा बसिरहेकी थिइन्, चन्द्रकोट गाउँपालिका विश्सुखर्ककी १ सय बर्षिया नर्मदा भण्डारी ।

त्यत्ति नै बेला एक समुहमा केहि ब्यक्ति आए र भने, ‘हजुरआमा नमस्कार ।’ भण्डारीले नमस्कार फर्काइन् र भनिन् ‘मैले त चिनिन् ।’ अनि एमाले सचिव ज्ञवालीले भने, ‘आमा म प्रदिप ज्ञवाली र उहाँ सुदर्शन बराल । तपाइले भोट दिने मान्छे ।’ अनि उनका छोरा र चुनावी अभियानका कार्यक्रताहरुले ति दुवैको परिचय गराइदिएपछि बृद्धाले प्रदिपको टाउको मुसार्दै भनिन्, ‘ए सधै छोरा नातिले कुरा गर्थे ।

तिमी हौ ?’ घरमा धेरैजसो टेलिभिजनमा र रेडियोमा एमाले सचिव प्रदिप ज्ञवालीको अन्तरर्वाता सुन्ने रहेछन् । अनि बरालले भोटका कुरा भिकिहाले । बृद्धाले आफ्नो भोट छोराहरुले दिने गरेको बताइन् । जिवनमा धेरैपटक भोट दिएको बताउने उनले जति भोट जसलाई दिएपनि खासै उपलब्धि भने नभएजस्तो शैलिमा गुनासो राखिन् ।

अनि प्रतिनिधिसभाका उम्मेद्धार ज्ञवालीले भने, ‘आमा तपाइले आशिर्वाद दिनुस, हामिले जितेर तपाइले खोजेसस्तो परिवर्तन गर्छौ । जसका लागि हाम्रो जित आवश्यक छ आमा ।
आफ्नो निर्वाचन क्षेत्रभित्रका जुनसुकै क्षेत्रका चुनावी सभालाई सम्बोधन गर्दै उनले मतदातालाई आगामी ५ बर्षसम्म बामपन्थीहरुलाई काम गर्ने अवसर दिन आग्रह गरेका छन् ।

‘२०१५ सालदेखि काङ्ग्रेसले पटक–पटक दुईतिहाई बहुमत ल्याएर सत्ता चलाउने अवसर पाएको छ । तर हामि कम्युनिष्टहरु छोटो समयमै जम्मा ७ बर्ष मात्र सत्तामा छौ ।’ उनले भने, ‘कामको तुलना गर्दा हामीले जनताको पक्षमा धेरै काम गरेका छौ । कृपया एकपटक दुइैतिहाई बहुमत दिएर काम गर्ने अवसर दिनुस् ।

हालसम्म ज्ञवालीले जिल्लाका कालिगण्डगी, सत्यवती र चन्द्रकोटका दर्जनौ स्थानका चुनावी सभालाई सम्बोधन गरिसकेका छन् । सम्बोधनका क्रममा उनले अहिले निर्माण भएको बाम गठबन्धनलाई भारी मतका साथ जिताई आगामी ५ बर्षसम्म आफूहरुको काम हेर्न समेत उनले आग्रह गरेका छन् ।

मंगलबार फोक्सिङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता ज्ञवालीले भने, ‘आजसम्म धेरै पटक काङ्ग्रेस सत्तामा गयो, तर उपलब्धि देखिएन् ।

तुलनात्मक रुपमा हामी बामपन्थी थोरै समयसम्म मात्र सत्तामा पुगेका छौ, तर काम धेरै गरेर देखाएका छौ । त्यसैले एकपटक बामपन्थीहरुलाई भोट दिएर नयाँ नेपाल निर्माणमा सहयोग गर्नुहुन सबैमा अनुरोध गर्दछु ।’

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend