साझा नेटवर्क
कहिले तारा, अनि कहिले जून पठाउँछौ ।
बारम्बार यादहरुको सगुन पठाउँछौँ ।
बन्दकीमा सिँउदो राखी , गाँसिएको नाता
छुटाउन वकिल अनि कानुन पठाउँछौ ।
मास्टर गर्या दाइ, ब्याचलर गर्या भाइ छ ।
भन सरकार , बिदेश अब कुन पठाउँछौ ?
बाटो हेर्दै दिन रात, गुजारेकी प्यारीलाई
कुराएर उपहार व्यर्थै , सुन पठाउँछौ ।
लाग्छ ढुंगाखानि भाछ , मेरै मुटु अचेल।
अनयासै तिमी भने, ढुंगा चुन पठाउँछौ ।
कुसुम नेपाली
गुल्मी ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend