साझा नेटवर्क
तिलु शर्मा पौडेल, साझा नेटवर्क कतार ।
बहुजाति, बहुभाषी तथा बिबिध सस्कृतिको धनि देश नेपालमा राष्ट्रिय पहिचानको रुपमा रहेको लोक तथा दोहोरि गीतलाइ ब्यबस्थित तथा मर्यादित बनाउन बिक्रम सम्बंत २०५८ सालमा स्थापित राष्ट्रिय लोक तथा दोहोरि गीत प्रतिष्ठान नेपालको पछिल्लो संशोधित बिधान बमोजिम कतार शाखा गठन गर्ने हेतुले तदर्थ समिति गठन गरिएको छ ।
सर्जक दुर्गा पंगेनी तथा प्रतिष्ठान मानार्थ सदस्य इश्वर काफ्लेको पहलमा हिजो सुक्रबार दोहाको मुन्ताजा पार्कमा बसेको बृहत् कलाकार तथा आम भेलाले समाजसेबी तथा निर्माता कृष्ण बराल (लमजुङ) को संयोजकत्वमा २२ सदस्यीय तदर्थ समिति गठन गरिएको छ ।
जसमा ५ सदस्यीय सल्लाहकार समिति समेत रहेको छ (नामवली तपशिलमा)
आगामी ३ महिना भित्र प्रतिष्ठानका केन्द्रीय पधाधिकारी अथवा केन्द्रले तोकेको प्रतिनिधिको प्रमुख आतित्थ्यमा अधिबेशन सम्पन्न गर्ने लक्ष्य लिएको कुरा बताउदै दोहा कतारमा छरिएर रहेका सम्पूर्ण कलाकारहरुलाई प्रतिष्ठानमा एकताबद्ध हुन् समेत संयोजक बरालले आग्रह गर्नुभएको छ ।
यो अति नै स्राहानिय कार्यको सुरुवात भएको र यस अभियानलाई सफल बनाउन आफुले हदै सम्म सहयोग गर्ने बाचा गर्दै ब्यबसायी तथा समाजसेबी टीबी कार्कीले समितिलाई बधाइ तथा सफलताको सुभकामना दिनु भयो । निकै लामो मेहनतले सार्थक रुप लिने बाटो समातेको भन्दै मानार्थ सदस्य काफ्लेले खुसि ब्यक्त गर्नु भयो ।
तदर्थ समीति गठन प्रक्रियामा महत्वपुर्ण भूमिका निर्वाह गर्नुभएका सर्जक पंगेनीले प्रतिष्ठान सिमित व्यक्तिको मात्र सस्था होइन यो नेपाली कलाकारहरुको साझा संस्था भएको हुनाले सबै भाषाभाषीका कलाकारलाई संस्थामा आबद्द हुन् आग्रह गर्नु भयो ।
सबै विधाका कलाकारलाइ समेटेर उदाहरणीय समिति निर्माण गरेर लोक तथा दोहोरि गीतको सम्मान तथा जगेर्नामा आफु लागिरहने भन्दै सह संजोयक क्षत्रीले आफु सधै प्रतिस्ठानलाइ उचाई दिनमा लाग्ने प्रतिबद्धता जनाउनु भयो ।
विधानतः सुचि ९ को उपसुची ख को १ मा उल्लेख भए अनुसार नेपाल भन्दा बाहिर कुनै पनि देशमा गठन भएको समितिलाई जिल्ला कार्य समिति सरहको मान्यता प्रदान गरिएको छ ।
तदर्थ समितिको नामावली
संयोजक – श्री कृष्ण बराल (लम्जुंङ्)
सह संजोयक – श्री सक्ति क्षेत्री (पर्बत)
उप संजोयक – श्री नानु घले (नुवाकोट)
प्रथम सचिव – श्री मोहन शाह (अर्घाखाची)
महिला सचिव- श्री कल्पना काफ्ले (पर्बत)
सह सचिव – श्री हरि बिनोद अधिकारि (कास्की)
कोषाध्यक्ष – श्री शिवराम ढकाल (स्याङ्जा)
सह कोषाध्यक्ष – श्री रित कुमार श्रेष्ठ (तनहुँ)
सदस्यहरु: –
श्री तिलु शर्मा पौडेल (म्याग्दी)
श्री शरद पाण्डे (दांङ)
श्री सुर्य बहादुर गायक (कास्की)
श्री प्रेम अधिकारी (कास्की)
श्री श्याम डी.सी. (बाँके)
श्री जोयल परियार (इलाम)
श्री दिपेन्द्र सुनार (गुल्मी )
श्री पूर्ण नेपाली (पाँचथर)
श्री इमान सिंह ठकुरी (बाँके)
श्री बिष्णु अधिकारी (पर्बत)
श्री मेघ मोक्तान (रौतहट)
श्री छम परियार (बाग्लुंङ्)
श्री तुल बहादुर परियार (कास्की)
श्री अजित सुनार (गुल्मी)
सल्लाहकार समिति-
प्रमुख सल्लाहकार- श्री दुर्गा पंगेनी (स्याङ्जा)
श्री इश्वर काफ्ले (पाल्पा)
श्री देविका के.सी. (सिन्धुपाल्चोक)
श्री पूर्ण नेपालि (पर्बत)
श्री प्रभात त्रिपाठी (कास्की) रहनु भएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend