logo
  • आइतबार, असोज ११ २०८३

नेपाल राष्ट्रिय शिक्षक संगठनको नगरस्तरीय भेला सम्पन्न


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

कमल पौडेल, बागलुङ कार्तिक २५ ।
नेकपा एमाले सम्बद्ध नेपाल राष्ट्रिय शिक्षक संगठनको मुसिकोट नगरपालिका स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम वामीटक्सारमा सम्पन्न भएको छ ।
कार्यक्रममा मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटा, शिक्षक इन्चार्ज रामकृष्ण कँडेल, नेपाल राष्ट्रिय शिक्षक संगठनका उपाध्यक्ष ज्ञानहरी सापकोटा, नेकपा एमाले जिल्ला कमिटि सदस्य टेक वहादुर राहडि, नेकपा एमाले नगरकमिटि सहसचिव तथा वडा नं. ७ का वडा अध्यक्ष प्रकाश काफ्ले, शिक्षक युनियन गुल्मीका सदस्य नविन कक्षपति, शिक्षक संगठन गुल्मीका सदस्य गोपाल रायमाझि, नेकपा एमाले गुल्मीका सल्लाहकार महेश वहादुर जिसि, भिमलाल घिमिरे लगाएतले वोल्नुभएको थियो।
मुसिकोट नगरपालिका भित्रको संगठनका शिक्षकहरुको सहभागिता रहेको भेलाले आसन्न निर्वाचन, शिक्षक र शिक्षकका चुनौति लगाएतका विषयमा छलफल गरेको थियो। कार्यक्रम संगठनका नगरकमिटि अध्यक्ष राम वहादुर थापाको अध्यक्षता तथा सचिव वुद्धिमणि खरेलको संचालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend