साझा नेटवर्क
प्रेम सुनार,गुल्मी कार्तिक २५।
गुल्मी क्षेत्र नम्वर १ का प्रतिनिधी सभा उमेदवार आज देखि शान्तिपुरको खाल्डो ९ भ्याली ० बाट हर्राचौर हुँदै दिव्रङ्ग तर्फको उकालो चढेका छन् ।
जन्म थालो वलेटक्सारबाट सुरु भएको नेता ज्ञवालीको घर दैलो कार्यक्रम वम्घा, अस्लेवा,हर्मिचौर,अर्वेनी, पुर्तिघाट , खड्गकोट , फोक्सीङ्ग, ग्वाघा, हरेवा र हिजो शान्तिपुरमा आई पुगेको थियो । हिजो शान्तिपुरमा वामधनको संयुक्त भेलालाई नेताद्धयले सम्वोधन गरेका थिए ।
यस विचमा प्रत्येक गाउँका विशेष गरी बृद्ध बृद्धाहरुले भुमिगत राजनैतिक जिवनमा दुख सुखमा लागे एमाले नेता प्रदिप ज्ञवाली र माओवादी केन्द्रका नेता सुदर्शन वराललई शिरमा हात राखेर आशिर्वाद दिएको र युवाहरुले चोक चोकमा उभिएर ‘वामगठबन्धन जिन्दावाद’ को नारा लगाउने गरेको संगै रहेका पत्रकार हुमकान्त पोखरेलले बताए ।
हर्राचौर तर्फ उकालो चढ्दै गरेका एमाले नेता प्रदिप ज्ञवाली संग टेलिफोन सम्पर्क राख्दा उनले भने–‘हर्राचौर र दिव्रुङको उकाले मात्र होईन हामी प्रति जनताको स्नेह आशा र भरोसाको दृष्टीले पनि हामी धेरै माथीको शिखरमा उकाले लागि सकेका छौं। ’
उनले प्रदेशका उमेदवार सुदर्शन बरालले यस भेगका जनतालाई रिझाउन सफल देखिएको कुरा समेत आफुले अनुभुत गरेको वताए ।उनि आफु भुमिगत राजनैति कालमा साविकको एक नम्वर क्षेत्रमा लामो समय रहेर काम गरेकोले यहाँका वासीन्दा आफ्नो राजनैतिक गुरु भएको समेत बताए ।
तुराङ हुँदै रुपाकोट पारी हुग्दीखोला वारीबाट सिधै शान्तिपुर जोड्ने सडक निर्माण केन्द्रबाट पारेका नेता ज्ञवालीले शान्तिरपुर र माथी चन्द्रकोटलाई आकर्षक पर्यटकिय स्थलका रुपमा विकास गर्ने बताए ।उनले पारी रुपाकोटलाई पनि साच्चीकै रुपाकोट बनाउनु पर्नेमा जोड दिए ।
प्रदेशका उमेदवार वरालले आफुले माथी टिमुरे लेकको पर्यटन विकासका लागि पहिल्लै देखि काम थालनी गरेको र आगमी दिनमा थप आकर्षक बनाउने उद्घोष गरेका छन् । उनले आफुले प्रदेश सभा सदस्य जिते लगत्तै एउटा विशेष स्थानिय तह बनाएर मजुवालाई प्रशासनिक निकाय बनाउन पहल गर्ने समेत बताए । सुदर्शन वराल साविकको क्षेत्र नम्वर १ का वासीन्दा हुन् ।
नेता ज्ञवाली क्षेत्र नम्वर १ का फटिक थापा , उनै सुदर्शन वराल ,चेतन बस्नेत , जिवन खरेल जस्ता हजारौं कम्युनिष्ट कार्यकर्ता जन्माउने नेता हुन्। हाल माओवादी नेता वराल एमालेको विद्यार्थी संगठनबाट यहाँ सम्म आई पुगेका हुन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend