साझा नेटवर्क
प्रेम सुनार,गुल्मी कार्तिक २५।
गुल्मी निर्वाचन क्षेत्र नं। २ बाट प्रतिनिधि सभाको सदस्यमा उम्मेदवारी दिएका पूर्व जि।वि।स। सभापति तथा पूर्व पार्टी सभापति चन्द्र के।सी। लगायतका कांग्रेस उमेदवारहरु यति चुनाव प्रचार प्रसारमा छन् ।
उनिहरुले विशेष गरी विभिन्न आरोप प्रत्यारोप लगाउँदै नेकपा एमालेको खैरो खनिरहेका छन । कार्तिक २१ गते देखि स्थानिय कार्यकर्ता भेटघाट तथा मतदाताको घरघरमा पुगेर मत माग्दै हिडेका छन।
उक्त चुनाव प्रचार प्रसार तथा घर दैलो कार्यक्रममा गुल्मी निर्वाचन क्षेत्र नं। २ प्रदेश सभा नं.१ बाट प्रदेश सभा सदस्यमा उम्मेदवारी शालिकराम पन्थी पनि कार्यकर्ता भेटघाट तथा चुनावी दौडाईमा संगसंगै रहेका छन ।
कार्यक्रममा जिल्लास्थित नेता तथा कार्यकर्ता र विभिन्न भातृसंघका नेता तथा कार्यकर्ता पनि चुनावी दौडाईमा रहेका छन। चुनावी प्रचारमा लागेका उम्मेदवार चन्द्र, शालीक र नेता कार्यकर्ताहरु गाउँ गाउँमा पुग्दा उम्मेदवारलाई अबिर माला लगाएर स्वागत गरेका थिए। चुनाव प्रचार प्रसार अभियानको मुसिकोट नगरपालिकाको आरुपाटाबाट सुरु भएको कार्यक्रम हलोगाडे, आपचौर र भुवाचिदीमा सम्पन्न भएको छ।
विकासमा काम हुनुपर्छ भाषण होईन भन्ने बिशेष मान्यता सहित उनिहरुले चुनाव प्रचार प्रसार तथा घरदैलो कार्यक्रम गरेको बताएका छन। घरदैलो अभियानको क्रममा जनताहरुले खानेपानी मोटरबाटो, बिद्यालयका समस्याहरुको विषयमा उम्मेदवारहरुसँग माग राखेका थिए। भने उम्मेदवारहरुले आफ्ना भावी योजनाहरुसँगै ती विषयमा समाधान गर्ने कुरा बताएका छन। उनीहरुले ५ बर्षमा युबाहरुले मासिक ३० हजार सम्मको राजगारीको लागी बिदेश जाननपर्ने अबस्था बताएका छन।
आपचौरको कार्यक्रममा बोल्दै उम्मेदवार के।सी।ले चिन्निकारुख खा।पा।योजना दलित बस्तीको बारेमा स्थानीय निर्वाचन भन्दा अगाडी नेकपा एमालेले अनेक प्रपोकाण्ड अप्नाई योजनाको पाईप रोक्ने काम गरेको र पछि नेपाली काँग्रसको पहलमा सो पाईप योजना स्थलमा ल्याई योजना सम्पन्न गरी उपभोक्ता लाभान्वित भइसकेकोले विकासका काममा बाधक एमालेलाई आरोप लगाउँदै जनतासँग उसले भोट माग्ने अधिकार नभएको बताएका थिए ।
यता नेकपा एमालेका नेताहरुले भने वामगठबन्धनले सवै तिर जित्ने भए पछि अत्तालिएर कांग्रेसजन वर्वराउँदै नहिड्न सुझाव दिदै आएका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend