logo
  • शुक्रबार, असोज ९ २०८३

भुमिगत शैलीमा प्रदिप ज्ञवाली र सुदर्शन वराल


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

प्रेम सुनार,गुल्मी  कार्तिक२५।
कार्तिक १६ गते मनोनयन दर्ता गरेर चुनावी प्रचारमा हिडे देखि नै गुल्मी क्षेत्र नम्वर १ का प्रतिनिधी सभा सदस्य उमेदवार प्रदिपकुमार ज्ञवाली र सोही क्षेत्र प्रदेश ‘क’ का उमेदवार सुदर्शन वरालको साधरण जिवनशैली देखेर छक्क परेका छन् उनिहरु संगै चुनावी प्रचारमा हिडेका कार्यकर्ताहरु ।वलेटक्सार,वम्घा हुँदै हर्मिचौर अर्वेनी, पुर्तिघाट,खड्गकोट , पारी फोक्सीङ्ग ,ग्वाघा हुँदै आज हरेवा पुग्दा ठ्याक्कै सात दिन भयो । संगै हिडेका कार्यकर्ता नवराज भुसाल भन्छन– नेता कमरेडहरु यो सात दिनको अवधीमा कुनै होटलमा माछा मासु सहितको खाना खानु भएको छैन ।’

उनका अनुसार कार्यकर्तालाई चाँप नपरोस भनेर उनिहरुले खानाको अर्डर पहिल्लै गर्दैनन् । जहाँ जुन घरमा जे पाकेको छ त्यही खाँदै गरेका छन् । कहिले काँही त मकै भट्टको भरमा दिन ठेलेका छन् । संगै रहेका पत्रकार हुमाकान्त पोखरेल उनिहरुको सादा जिवनबाट निकै प्रभावित भएको बताउँ छन् ।

झोलामा दुई चार जोर सुईटर र ज्याकेट लिएर हिडेका उनिहरुलाई साविकको क्षेत्र नम्वर १ का गाउँहरु लेक टापु भएकोले जाडोले भने अलि सताएको उनि बताउँ छन् । हिड्दै गर्दा कुनै गोठमा कुँडो तताउन बालेको आगो ताप्ने गरेका छन् भने साँझमा घरको चुलोको आगो तापेर हात ,खुट्टा र टाउको सेकाउने गरेका छन् ।

त्यस क्षेत्रमा रैथाने खाना आटो सिस्नो ढिडो , कोदाको रोटी र मकै भट्ट अहिलेको पनि नियमित परिकार हो ।नेताद्धयको नियमित खाना पनि त्यही रहेको बताईन्छ । ‘हरेवा सके पछि अव शान्तिपुर जाँदै छौं’–पत्रकार पोखरेलले भने–‘ त्यहाँ ठुलो बजार भएकोले होटलमा खाने हुन कि अहिले सम्म त जनताकै घरमा आटो पिठो नै खाई रहेका छन् ।’

प्रदिपकुमार ज्ञवाली लामो समय सम्म त्यसै क्षेत्रको भुमिगत राजनीति गरेर कम्युनिष्टमय जिल्ला बनाएर पुरानो पिढी संग निकै झ्याम्मीएर बसेका नेता हुन् । सुदर्शन वराल एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुबाट राजनैतिक जिवन सुरु गरेर पछि माओवादीले सुरु गरेको जनयुद्ध भरी नै भुमिगत जिवन विताएर फौजी मोर्चा सम्हालेका, जेल नेल याताना र भिडन्त संग जुधेका नेता हुन् ।

हिमाल पहाड, तराई , घाम पानी भोक तिर्खा नभनी भुमिगत राजनीति गरेको लामो अनुभव र संघर्षले पनि उनिहहरुलाई सादा जिवन वानी वसेको हुन सक्छ । शान्तिपुरमा कम्युनिष्ट जन्माउने स्वर्गिय जिवराज आश्रितका राजनैति गुरु नेता ज्ञवाली आज हरेवामा आश्रीतको शालिकमा माल्याणपर्ण गर्दा निकै भावुक मुद्रामा देखिएको पोखरेलले बताए ।

नेता ज्ञवाली र अर्का नेता वरालले माल्याणपर्ण गरी सके पछि भुमिगतकालको सम्झना र स्वर्गिय जिवराज आश्रीतको राजनैतिक योगदानको स्मण्रणले भावुक पारेको बताए । जिवराज आश्रित जन्मीएको साविकको हरेवा गाविसमा त्यहाँका कम्युनिष्टहरुले आश्रितको शाख कायमै राख्दै आएका छन् । गत स्थानिय तहको निर्वाचनमा माओवादी केन्द्रबाट वडाध्यक्षमा ३२२ मत ल्याएर विजयी भएका थिए ।

नेकपा एमाले २८१ म्त ल्याएर दोश्रो भएको थियो भने नेपाली कांग्रेसले १८१ मत ल्याएर तेश्रो भएको थियो । अहिले त्यही मतलाई मात्र आधार मान्ने हो भने पनि त्यहाँ वामगठबन्धनको ७५ प्रतिशत मत छ भन्छन हरेवाका वडाध्यक्ष गोकर्ण शर्मा । उनले भने–‘ यहाँ धेरै चुनावी सभा गरी रहनु पर्दैन, कार्यकर्ता यता उता गर्लान भनेर चिन्ता पनि गर्नु पर्दैन् सतिसाल जस्तै उभिएका छन् । ।

वडाध्यक्ष शर्मा भन्छन्–‘प्रदिप कमरेड र कुमार ( सुदर्शसन वराल ) कमरेडको भुमिगत जिवन संग म परिचीत छु आज उहाँहरुको त्यही भुमिगत जिवनको झल्को आयो । ’ उनले त्यहाँको एमाले माओवादी , जनमोर्चा सवै कम्युनिष्ट कार्यकर्ताले स्वागत गरेको बताए । वाम एकता देशको आबश्यकता र जनताको अपरिहार्यता भएको उनको ठम्याँई छ ।

उनिहरु संगै रहेका माओवादी केन्द्रका जिल्ला सह–संयोजक युवराज केसीले उमेदवारद्धयले यति वेला धान कोदो मकै स्याहार्न जनतालाई भ्याई नभ्याई भएकोले चुनावी सभालाई भन्दा घर दैलो र खेतवारीमा समेत पुगेर जनता संग भोट माग्दै हिडेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend