logo
  • शुक्रबार, असोज ९ २०८३

बागलुङमा वाम गठवन्धनका विविध कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

कमल पौडेल, बागलुङ कार्तिक २४ ।
संयुक्त वाम गठवन्धनको चुनावी अभियान अन्तर्गत वडिगाड गाउँपालिकाको वडा नं. २ को सिमलचौरमा भेला सम्पन्न भएको छ । भेलाले संजय पोखरेलको संयोजकत्वमा ११ सदस्यिय निर्वाचन परिचालन टोल कमिटिको गठन गरेको छ । जसको उपसंयोजकमा इन्द्रकला पाण्डे, सचिवमा देउमाया राना, सहसचिवमा मनकुमारी घिमिरे लगाएत रहनुभएको छ।

त्यस्तै वुद्ध पौडेलको संयोजकत्वमा युवा परिचालन कमिटिको गठन गरेको छ । कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि सचिवालय सदस्य तथा वडिगाड संयोजक शान्ति अधिकारी, नेकपा एमाले जिल्ला निर्वाचन कमिटि उपसंयोजक प्रमोद शर्मा, निर्वाचन परिचालन कमिटि वडिगाड २ का संयोजक ढालेन्द्र शेरचन, नेकपा माआवादी केन्द्रका ढालेन्द्र वन, राष्ट्रिय जनमोर्चाका इन्द्रा वन लगाएतलको सहभागिता रहेको थियो।

कार्यक्रम टोल कमिटि संयोजक सुर्य वहादुर अधिकारीको अध्यक्षता तथा आकाश शर्माको संचालनमा सम्पन्न भएको थियो। त्यस्तै वडिगाड गाउँपालिकाको वडा नं. ९ को दर्लिङ खोलामा वाम गठवन्धनको निर्वाचन संपर्क कार्यालयको उद्घाटन गरिएको छ । सो कार्यालयको उद्घाटन गर्दै राष्ट्रिय जनमोर्चाका मेख वहादुर पाइजाले देशको राष्ट्रियता रक्षा र स्वाधिनताको लागी वाम गठवन्धनलाई जिताउन आग्रह गर्नुभएको थियो।

कार्यक्रममा कृष्ण वहादुर खत्रिको संयोजकत्वमा ७ सदस्यिय निर्वाचन परिचालन कमिटि, दिपक केसिको संयाजकत्वमा २५ सदस्यिय प्रचार प्रसार समिति, तिल वहादुर परियारको संयोजकत्वमा दलित परिचालन समिति, जिवन केसिको संयोजकत्वमा युवा परिचालन कमिटिको गठन गरिएको छ। कार्यक्रम वडा अध्यक्ष कृष्ण वहादुर खत्रिको अध्यक्षता तथा युवराज मल्लको संचालनमा सम्पन्न भएको थियो।

त्यस्तै वडिगाड गाउँपालिका वडा नं. ७ गाँवमा टोल भेला सम्पन्न भएको छ। वाम गठवन्धनको संयुक्त भेलामा नेकपा माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य जित वहादुर थापा, नेकपा एमाले जिल्ला लेखा समिति सदस्य गंगा गुरुङ, एमालेका कृष्ण भट्टराई, दिपक रायमाझि लगाएतले वोल्नु भएको थियो।

कार्यक्रम एमालेका हिरा वहादुर केसिको अध्यक्षता, महेस खत्रिको स्वागत मन्तव्य तथा एमाले वडिगाड गाउँपालिका सचिव दिनेश शर्माको संचालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend