logo
  • शुक्रबार, असोज ९ २०८३

अधिकार प्राप्तीको लागि लड्दा जागिर खोसियो : केसी


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

अनिल खत्री, गुल्मी कात्तिक २४ ।
देशमा रहेको पञ्च्यायति ब्यवस्थाको बिरोध गर्दा जागिर खोसियो, जनताको अधिकारको लडाईको लागी राजनितिक यात्रा अघि बढ्यो जनतासँग पुराना घटनाहरु स्मरण गर्दै थिए गुल्मी क्षेत्र नम्बर २ को प्रदेश सभा १ नम्बर क्षेत्रका बाम गठबन्धनका उम्मेदवार खड्ग केसी ।

बाम गठबन्धनबाट प्रदेश सभा उम्मेदवार बनेका केसी देशको परिर्वतनको आन्दोलनहरुमा कम्युनिष्टबाट धेरै आन्दोलनमा सहभागी भएको सुनाउँदै थिए । मुसिकोट नगरपालिका भित्र मत माग्दै मतदाताकहाँ पुग्दा उनले समय सान्र्दभिक कुराकानीसँगै पुराना आफ्ना आन्दोलनमा खेप्नु परेका दुखःकष्टहरु पनि स्मरण गराउने गरेका छन् ।

नेपालमा बिभिन्न समयमा परिर्वतनको पक्षमा चलेका आन्दोलनहरु २०२८ साल, २०३६ साल,२०४२ साल, २०४५ साल २०४६ सालमा चलेका आन्दोलनमा पटक पटक नियन्त्रणमा लिई सार्बजनिक मुद्धा समेत चलाएका पुराना घटनाहरु सम्झदा केसी निकै भाबुक हुन्थे ।

जनताको परिर्वतनको लडाईमा स्थायी शिक्षकको जागिर गुमेको स्मरण गराउँदा मतदाताहरु स्तब्ध हुन्थे । २०३१ सालमा शिक्षकको जागिरमा लागेका केसी २०३६ सालमा पञ्च्यात बिरोधी आन्दोलनमा सहभागी भएको भन्दै जागिर खोसिएको थियो ।

देशमा परिर्वतनको आन्दोलनमा सहभागीहुनेहरु त्यतिबेला धेरैको जागिर गएको उनको भनाई थियो । २०४५ सालमा आन्दोलनमा सहभागी भएको भन्दै पुलिसले पिटेर बलेटक्सारबाट पुलिस चौकीमा ल्याइयो केसीले भने ‘त्यसतबेला जनताले चौकी घेराबन्दी गरेर बचाए । उनलाई त्यतिबेला नियन्त्रणसँगै सार्बजनिक मुद्धा चलाइयो ।

लामो संघर्ष पछीको लडाईले अहिले जनताको अधिकार स्थापित भएको छ उनले भने ‘त्यसबेला राम्रोलाई राम्रो भन्न डराउनु पर्ने अबस्थामा थियौ । आन्दोलन गर्दै गर्दा नियन्त्रणमा लिई मरणासन्न गरि पिटियो नियन्त्रणमा लिई १९ दिन राखियो ।

२०४९ सालमा शिक्षकको जागिर पुनर बहाली भयो तर जागिरमा हाजिर नभई राजिनामा दिए उनले भने ‘देस जनताको परिर्वतनको लाडाईमा जागिर ठुलो ठानियन । यस्तै घटना क्रमहरुसँगै केसीले मतदाताहरुलाई समाज परिर्वतन जनताको सेबागर्ने अबसरको लागी मत माग्दै घरदैलोमा आएको बताउने गर्दछन् ।

२०४७ सालमा पार्टीको जिल्ला कमिटी सदस्य हुँदै लामो समय सम्म पार्टीको कर्यालय सचिव, क्षेत्रियकमिटी अध्यक्ष हुँदै पार्टीका बिभिन्न मोर्चा समालेका केसीसँग पार्टीकाम सागै जनतासँगको बिकासका समस्या र समाधान गर्ने लामो अनुभव रहेको छ ।

जनताकहाँ पुग्दा उनले देस बिकास र जनताको सेवा नै आफ्नो मुख्य प्रथामिकता रहेको बताउने गरेका छन् । कम्यूनिष्ट पार्टीमा रहेर लामो समय सम्म त्याग गरेका केसीले हाल सम्म कुनै लाभलिने पदमा पुगेका छैनन् । केसीले कम्यूनिष्ट शक्ती एक भएर मात्र देस र जनताको बिकास सम्भव रहेकाले एक भएको बताए ।

देस जनताको समृद्धि भलो चहाने भनकै कम्यूनिष्टहरु हुन उनले भने ‘बिगतका कम्यूनिष्ट सरकार बन्दाका कार्यक्रमहरु हेर्नुहोस ।’ हामी जनताको अनुगाई लिन आएका छौ उनले भने ‘जनताको अधिकार स्थापित भइसकेको छ अब देसले बिकास गति लिनेछ त्यसको लागी कम्यूनिष्टहरुको सरकार आबश्यक छ ।

अवको केही समयभित्र सम्पूर्ण परीवारमा विद्युत, प्रत्येक घरमा धारा, प्रत्येक वडालाई कालोपत्रे सडक, उन्नत प्रविधीको सिँचाईको सुविधा सहितका नयाँ योजनाहरु अघि सारेका छौ उनले भने ‘अरुले भन्दै हिडछन् हामीले गर्दै हिड्छौं प्रचार भन्दा हामी काममा लाग्ने छौ ।

केसीले भने ‘जनताका छोराछोरीलाई शैक्षिक हिसावले माथि उठाउने, जनताको स्वास्थ्य प्राप्त गर्ने अधिकरलाई सुरक्षित गर्ने, खानेपानी विजुली सडक आदीको भरपर्दो व्यवस्था गर्ने र रोजगारी नपाएर विदेशमा भौतारीनुपर्ने अवस्था अन्त्य गर्नका लागि नयाँ योजना ल्याएका छौँ’ ।

जबसम्म जनताको जिवन स्तर माथी उठने गरि बिकासका योजनाहरुसँगै रोजगारीका अबसरहरु हुदैन् तब सम्म देशको बिकास हुँदैन् त्यसको लागी न्याय दिने पार्टी भनेकै कम्यूनिष्टहरु हुन् जुन एक भएर जनताको अगाडी उभिएर आएको केसीको तर्क छ ।

आर्थिक सामाजिक हिसावले जनताको जीवनस्तर उठाई जनताले गौरव गर्ने अवस्था ल्याउनका लागि कम्युनिष्ट शक्ति सरकारमा हुनजरुरी रहेको बताए । आगामी मंसिरमा हुन लागेको प्रदेश सभा र प्रतिनिधी सभा निर्वाचनमा गुल्मी क्षेत्र नम्बर २ को प्रदेश सभा १ बाट बाम गठबन्धनबाट उम्मेदवार बनेका छन् ।

उनिसँग काँग्रेसबाट शालिक पन्थी प्रतिस्पर्धी हुन् । गएको स्थानिय निर्वाचनमा यस प्रदेशमा पर्ने रेसुङ्गा नगरपालिकासँगै मुसिकोट नगरपालिका र इस्मा गाउँपालिका तिनै वटामा एमालेका उम्मेदवार निर्वाचित भएका थिए ।

स्थानिय तह निर्वाचनको मतले बाम गठबन्धन बलियो रहेको छ । दलहरुले गोकर्ण बिष्टको प्रभाव र स्थानियतहको मतले यस क्षेत्रमा बाम गठबन्धनको जित सुनिश्चित जस्तो भएको दावी गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend