साझा नेटवर्क
कुमार अविरल पन्थी, कतार ।
बाके प्रवासी सेवा समाज कतारको आयोजनामा सम्पन्न हुन् गईरहेको प्रथम वार्षिकोत्सव तथा विविध सास्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी अन्तिम चरणमा रहेको बताइएको छ ।
कतारमा स्थापना भएपछि सामाजिक कार्यमा सकृय रहेको समाजले जिल्लामा रहेको अनाथ तथा अपाङ्ग आश्रमको सहयोगार्थ प्रथम वार्षिकोत्सव तथा विविध सास्कृतिक कार्यक्रम आयोजना गरेको हो ।
समाजले आयोजना गरेको प्रथम वार्षिकोत्सव तथा विविध सास्कृतिक कार्यक्रमका लागि नेपालबाट चर्चित राष्ट्रिय कलाकाहरु कतार आउदै छन । कार्यक्रममा चर्चित गायक तथा सङ्गीतकार सन्तोष केसी, चर्चित गायक बिरु लामा, गायिका बिन्दा परियार र चर्चित मोडेल बिनु खड्का आउने भएका हुन् ।
तेस्तै कार्यक्रममा गायक रित कुमार श्रेष्ठ, अविरल अजित, दामोदर सम्राट, योगेन्द्र राई, शरद पाण्डे, राजन पाण्डे गायिका नानु घले डान्सर राम बाबु बोहोरा, शान्ति थपलिया, कुसुम राई, आनन्द मुस्कान हास्यकलाकार राजेश तिमिल्सिना, भिम गुरुङ, भोजपुरी गायक इन्दल यादव लगायतका कतारमा रहेका स्थानीय कलाकाहरुले पनि आफ्नो प्रस्तुति दिन पाउने भएका छन ।
जिल्लाको अनाथ तथा अपाङ्ग आश्रमको सहयोगार्थ आयोजना गरिएको उक्त कार्यक्रम १७ नोभेम्बर शुक्रबारका दिन कतारको सनैया स्थित डल्ला ड्राभिङ्ग एकेडमीको सभाहलमा बिहानको ११ बजे देखि सुरु हुने समाजका महासचिव श्याम डिसीले साझा नेटवर्कलाई जानकारी दिएका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend