logo
  • शुक्रबार, असोज ९ २०८३

देशको स्वाभिमान, सार्वभौमता र जनताको अधिकार प्रति कटिबद्ध : पौडेल


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

बिमल खड्का,बागलुङ कार्तिक २३।
बागलुङको तमान खोला गाउपालिकाको बोङ्गादोभानमा आयोजि बामपन्थी गठबन्धनको चुनावी सभालाई सम्वोधन गर्दै नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा क्षेत्र नं २ का प्रतिनिधि सभाका साझा वामपन्थी उमेद्वार देवेन्द्र पौडेलले देशको स्वाभिमान, सार्वभौमता र जनताको अधिकारका लागी आफु बाचुन जेल कटिबद्ध भएर जनताका माझमा समाजवादका निम्ति आफ्नो जीवन जनता माझ समर्पित गर्ने जनाएका छन ।

भाई फुटे गवाँर लुटे भन्ने उखान जोड्दै उनले भने कम्युनिष्टलाई कम्जोर पार्ने बिपक्षीको षडयन्त्रका लागी यो गठबन्धनले कडा जवाफ दिएको बताउदै अब देशमा एउटा मात्र कम्नियुष्ट पार्टी हुने उद्धोष गरे । चुनावी सभालाई सम्बोधन गर्दै पौडेलले आरोप प्रत्यारोपले देशको बिकास नहुने रहेछ अब देशमा २ तिहाइ बहुमत पुराएर जनताको स्वतन्त्रता र देशको समृद्धिका निम्ती गठबन्धन हुदै पार्टी एकता हुने बताए ।

सो अवसरमा उनले मंगला निमाविलाई माबि बोङ्गादोभानमा मोटरेबल पुल बनाई बुर्तिबाङ बोङ्गादोभान खुंखानी हुदै म्याग्दी सम्मको लागी व्यबस्थित मोटरबाटो आफुले ५ बर्ष सम्ममा पुरा गर्ने प्रतिबद्ता व्यक्त गरे । कार्यक्रम बोल्दै प्रदेश ख का साझा बाम उमेदवार टेक बहादुर घर्तीले अब बामपंथीको जितले जनतामा खुसीको लहर आउने बिश्वास व्यक्त गरे ।

उनले भने यदि यस क्षेत्रमा कारण बस काङ्ग्रेसले जित्यो भने सम्झिनुस यस क्षेत्रमा हरियो सर्प पसेको सावित हुनेछ त्यसैले जनता सचेत भई बाम गठबन्धनका साझा उमेदवारलाई जिताउन आग्रह गरे ।

ढोरपाटन नगर प्रमुख देव कुमार नेपालीले बागलुङका दुर्गम ठाउँको बिकाशका लागी गठबन्धनका साझा उमेदवार भएको भन्दै यसमा जनता नै जनार्दन हुनुपर्ने बताए । बिशेष गरि दलित समुदायलाई निर्वाचनमा बढि प्रयोग गरेको बताउदै अब कसैको नोटमा नबिकी बाम गठबन्धनका साझा उमेदवारलाई मतदान गर्ने आग्रह गरे ।

कार्यक्रममा एमालेका समानुपातिक उमेदवार मोहनलाल शर्मा अखिल नेपाल महिला क्रान्तिकारी जिल्ला अध्यक्ष कुसुम बुढा नेकपा माओवादीका केन्द्रीय आयोजक समिति सदस्य चन्द्रलाल अर्याल नेकपा माओवादी तमान खोला गाउँपालिका अध्यक्ष देब बहादुर पुन लगाएले आफ्नो मन्तव्य ब्यक्ति गरेका थिए ।

सभामा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सूर्य श्रीपालीको अध्यक्षतामा नेकपा एमालेका लिल बहादुर पुनको स्वागत र प्रगतिशील पत्रकार संघका प्रशान्त पुनले संचालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend