साझा नेटवर्क
कमल पौडेल, बागलुङ कार्तिक २२ ।
नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा पूर्व शिक्षा मन्त्रि दिनानाथ शर्माले पुस्पलालले ६ सालमा परिकल्पना गरेको कम्यूनिष्ट पार्टि अहिले वन्न लागेको वताउनु भएको छ । संयुक्त वाम गठवन्धनको वडिगाड गाउँपालिका स्तरीय भेलाको सम्बोधन गर्दै शर्माले वाम शक्तिको विजयवाट मात्र लोकतन्त्र संस्थागत हुने वताउनु भएको छ।
शर्माले वाम एकता गर्दा छिमेकिहरुलाई टाउको दुखेको भन्दै वाह्य हस्तक्षप स्वीकार्य नहुन प्रष्ट पार्नुभयो । प्रदेश र संघमा कम्यूनिष्ट सरकार भएमात्र जनताले राहत पाउने भन्दै शर्माले निर्वाचनपछि पार्टि एकिकरण हुने कुरामा संका नगर्न कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको थियो।
कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटि सदस्य प्रेम खरेल, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक फमलाल न्यूरे, नेकपा एमाले संघिय मामिला तथा स्थानिय विकास समिती केन्द्रिय सदस्य शुनिल सेरचन, नेकपा एमाले जिल्ला कमिटि विष्णु भुसाल, तारा खोला गाउँपालिकाका प्रमुख प्रकाश घर्ति, वडिगाड गाउँपालिकाका प्रमुख मेयरसिंह पाईजा लगाएतले वोल्नु भएको थियो।
भेलाले निर्वाचन परिचालनको लागी विभिन्न उपसमितिहरुको गठन गरेको छ। त्यस्तै प्रत्यक वडामा पुग्ने गरि निर्वाचन सामाग्रि हस्तान्तरण गरेको छ। त्यस्तै भेलाले कार्तिक २४ गते वडा स्तरीय निर्वाचन सम्पर्क कार्यालय उद्घाटन गर्ने निर्णय गरेको छ।
नेकपा एमाले जिल्ला कमिटि सचिवालय सदस्य तथा वडिगाड संयोजक शान्ति अधिकारीको अध्यक्षता, राष्ट्रिय जनमोर्चाका मेख वहादुर पाइजाको स्वागत मन्तव्य तथा नेकपा माओवादी केन्द्रका राजिव घिमिरेको संचालनमा सम्पन्न भएको थियो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend