logo
  • शुक्रबार, असोज ९ २०८३

गुल्मी क्षेत्र नं १ का प्रतिनिधी सभा उमेदवार सहित सयौं एमालेमा प्रवेश


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

प्रेम सुनार,गुल्मी कार्तिक २२।
नेकपा मालेका पोलिट व्युरो सदस्य रामचन्द्र बलामी, केन्द्रीय कमिटी सदस्य एवं गुल्मी क्षेत्र नम्वर १ बाट प्रतिनिधी सभा सदस्यको उमेदवारी दिएर वाम गठबन्धनलाई समर्थन जनाएका भरतमणी ज्ञवाली सहित सयौ नेता कार्यकर्ता नेकमा एमालेमा प्रवेश गरेका छन्।

उनिहरुलाई एमालेका अध्यक्ष केपी शर्मा आली नवप्रवेशीहरुलाई स्वागत गर्दै पार्टी प्रवेश गराएका हुन्। पार्टी प्रवेश पछि नेता ज्ञवालीले यो अभियान गुल्मी जिल्लामा मात्र नभई,देशैभर चलेकोले सम्पुर्ण बाम एकै ठाम भन्ने मुल नारालाई अवलम्बन गरेको बताए ।

उनले म आफु गुल्मी जिल्लावासी भएको, लामो समय देखि कम्युनिष्ट आन्दोलनमा लागेकोले, फुटेर होइन अब जुटेर कम्युनिष्ट एक ढिक्का भई हिँजोको लाल किल्ला गुल्मी जिल्ला बनाउन सपथ लिएर गुल्मी आउने उद्घोष गरे।

पत्रकारिता पेशाबाट राजनितीमा सक्रिय हुनुभएको ज्ञवाली प्रभावशाली नेता मानिन्छन्। कम्युनिष्टका नाममा जनमत विनाको पार्टीमा रहिरहनु भनेको निहित स्वार्थका लागि च्याँखे थाप्नु शिवाय अरु केहि हुन नसक्ने उनको बुझाई छ ।
।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend