logo
  • आइतबार, असोज ११ २०८३

बागलुङको वडिगाडमा ट्रक दुर्घटना ५ जना घाईते, सडक अवरुद्ध


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

कमल पौडेल, बागलुङ कार्तिक २१।
मध्यपहाडि लोकमार्गको बागलुङ वुर्तिवाङ सडक खण्ड अन्तर्गतको वडिगाड गाउँपालिका वडा नं. २ का लब्दीखोला पुल नजिकै ना ३ ख ३७८५ नं. को माल वाहक ट्रक दुर्घटना भएको छ ।  दुर्घटनामा परि ५ जना घाइते भएका छन् ।
घाइतेहरुलाई वडिगाड हस्पिटलमा प्राथमिक उपचारको लागी पठाएको प्रहरी नायव निरिक्षक लाल वहादुर चौधरीले जानकारी दिनुभएको छ । घाइते हुने हरुमा भारत घर वताउने ६२ वर्षिय कालिचरण कास्यप, दिल्लीका २३ वर्षिय अकवर खान, युपीका ३२ वर्षिया पंकज कुमार, दिल्लीका ३६ वर्षिय राहुल चौधरी, युपीका ४० वर्षिय इमरान खान रहेका छन्।

घाइतेहरुको उपचार भैरहेको र घाइते मध्ये एक जनाको अवस्था गम्भिर रहेको अस्पतालले जनाएको छ । ट्रक वाटोमै पल्टिएकोले सडक अवरुद्ध भएको छ । रात्रि सेवाका वसहरु वाटोमै रोकिएका छन् ।

न्वागी मेलाको लागी सर्कस, पिङ सहितका सामाग्रि लिएर आएको ट्रक पुलको मुखैमा घुम्ती धुम्ने क्रममा पल्टिएको थियो । सडक खुलाउने प्रयत्न भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend